default_image

5 years ago

March 23, 2020

रियल म्याड्रिडका एसेन्सियोलाई ‘ला लिगा च्यालेन्ज’ उपाधि

130 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका मिडफिल्डर मार्को एसेन्सियोले ला लिगा फिफा २० च्यालेन्ज प्रतियोगिताको उपाधि जितेका छन् । ला लिगा क्लबबाट १-१ प्रतिनिधि सम्मिलित यस भर्चुअल गेम, फिफा २० प्रतियोगिता स्पेनका इबाई लानोसले आयोजना गरेका थिए ।

एसेन्सियोले फाइनलमा लेगानेसका आइटर रुइबाललाई ४-२ ले पराजित गर्दै उपाधि जितेका हुन् । विश्वभर फैलिरहेको कोरोनाले गर्दा खेलकुद गतिविधि ठप्प भएपछि दर्शकलाई मनोरंजनका साथसाथै जनचेतना जगाउन प्रतियोगिताको आयोजना गरिएको थियो । यसक्रममा युनिसेफका लागि १ लाख ४० हजार युरो समेत उठिसकेको छ । दर्शकहरुले आजसम्म यसमा योगदान गर्न सक्नेछन् ।

एसेन्सियो हाल चोटका कारण मैदानबाहिर रहेका छन् । उनले भर्चुअल गेममा भने रियललाई उपाधि दिलाउन सफल रहे । एसेन्सियोले प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद दिँदै दर्शकहरुमा आभार व्यक्त गरे । ‘ प्रतियोगिता निकै राम्रो रहयो । हाम्रो लक्ष्य सबैलाई मनोरंजन दिँदै जनचेतना जगाउने र सहयोग गर्ने थियो । त्यसमा हामी सफल भएका छौं,’ २४ वर्षीय मिडफिल्डरले भने ।

प्रतियोगितामा बार्सिलोनाले भने सहभागिता जनाएन । बार्सिलोना कोनामीले निर्माण गर्ने प्रो इभोलुसन सकर (पीईएस) को अधिकारिक क्लब भएकाले यस प्रतियोगिता खेल्न मानेन । बार्सिलोनाबाट सर्जी रोबर्टोले खेल्ने तय रहेपनि अन्तिम समयमा प्रायोजकको कारण देखाउँदै क्लबले भाग लिन मानेन । ईए स्पोर्ट्सको फिफा र कोनामीको पीईएस बजारी प्रतिद्वन्द्वी हुन् ।

अन्तिम १६:

ओसासुना (रुबेन गार्सिया) ०-२ लेगानेस (आइटर रुइबाल)

सेभिल्ला (सर्जियो रेगुलिओन) १-२ एथलेटिक क्लब (गोरका गुरुजेता)

लेभान्ते (कार्लोस क्लेर्क) २-३ अलाभेस (लुकास पेरेज)

रियल सोसीडाड (अदनान जानुजाज) ३-५ एटलेटिको म्याड्रिड (मार्कस लोरेन्टे)

गेटाफे (जेसन रेमेसिरो) १-७ रियल बेटिस (बोर्जा इग्लेसेस)

भिल्लारियल (मानु मोर्लानेस) ४-२ भ्यालेन्सिया (कार्लोस सोलेर)

ग्रानाडा (जोसे मार्टिनेज) ०-२ रियल म्याड्रिड (मार्को एसेन्सियो)

बार्सिलोना (सर्जी रोबर्टो) – एइबार (एडुएक्स्पोजितो) (बार्सिलोनाको वाकोभर)

क्वाटरफाइनल :

लेगानेस ७-३ एथलेटिक क्लब

अलाभेस २-१ एटलेटिको म्याड्रिड

एइबार ३-२ रियल बेटिस

भिल्लारियल १-५ रियल म्याड्रिड

सेमिफाइनल :

लेगानेस ३-२ अलाभेस

एइबार ०-७ रियल म्याड्रिड

फाइनल :

लेगानेस २-४ रियल म्याड्रिड

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.