5 years ago
March 23, 2020
एजेन्सी – इटालियन जाइन्ट युभेन्टसले आफ्ना भेट्रान गोलरक्षक जियानलुजी बुफोनसँगको सम्झौता नवीकरण गर्ने निर्णय गरेको छ । बुफोनसँगै युभेन्टसले भेट्रान डिफेन्डर जर्जियो किएलीनी र ब्लेइस माटुइडीसँग पनि सम्झौता नवीकरण गर्ने निर्णय गरेको छ ।
४२ वर्षीय भेट्रान गोलरक्षक बुफोनसँगै यि तिनै जनाको सम्झौता आउदो जुनसम्म रहेको थियो । तर, युभेन्टसले बुफोनसँगै यि तिनै जनाको सम्झौता एक वर्ष थप्ने निर्णय गरेको हो । फ्रेन्च लिग पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर युभेन्टस आएयता बुफोनले यो सिजन ११ खेल खेलेका छन् । उनी अझै पनि सन्यासको मुडमा छैनन् । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपनि बुफोनले पिएसजीबाट फ्रेन्च लिग जितेर युभेन्टस आएका हुन् ।
यस्तै सेन्टर ब्याक किएलीनी २००५ यता निरन्तर युभेन्टसमै रहेका छन् । चोटका कारण किएलीनीले यो सिजन जम्मा ३ खेलमा मात्रै मौका पाएका छन् । उनी अहिले चोटबाट पुर्ण रुपमा फिट छन् । टोलीको कप्तानी समेत गरिरहने किएलिनी मध्य डिफेन्समा बलिया खेलाडी मानिन्छन् । उनले लिओनार्डो बोनुचीसँग साझेदारी गर्दै आएका छन् ।
सन् २०१७ मा युभेन्टस आएका माटुइडीले यो सिजन ३१ खेल खेलेका छन् । माटुइडी पनि पिएसजीबाट नै इटालियन च्याम्पियनसँग जोडिएका थिए । अहिले ब्लेइस माटुइडी, ड्यानियल रुगानी र पाउलो डिबालामा कोरोनाको संक्रमण भेटिएको छ । उनीहरु अहिले चिकित्सकको निगरानीमा रहेका छन् ।
इटालियन लिग हाललाई अप्रिल पहिलो सातासम्म स्थगित भनेपनि लामो समय सर्ने निश्चित प्राय छ । कोरोना संक्रमणका कारण विश्वकै सर्वाधिक बढी मृत्यु भएको इटालीमा हाल ठाउँठाउँमा कर्फ्यु समेत लगाइएको छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]