5 years ago
March 23, 2020
एजेन्सी – क्वारेन्टाइनको नियम उल्लङ्घन भएको हो भने आफ्नो छोरा लुका जोभिचले सजाय स्वीकार गर्नुपर्ने पिता मिलानले बताएका छन् । रियल म्याड्रिडका स्ट्राइकर लुका प्रेमिकाको जन्म दिन मनाउनका लागि स्पेनबाट सर्बिया पुगेका थिए । तर, क्लबको १४ दिनको क्वारेन्टाइन बस्ने पर्ने नियमलाई उनले उल्लङ्घन गरेको बताइएको छ ।
‘लुकाले दुई पटक कोराना भाइरसको परिक्षण गराएको छ । दुवै पटक नेगेटिभ आयो’, बुबा मिलन जोभिचले भने, ‘त्यसै कारण उसले सोच्यो उ सर्बिया आउन सक्छ । तर, अहिले भने उनी ठूलै अपराध गरे जस्तो भएको छ । यसका लागि यदि उनी जेल जानुपर्छ भने जान्छन् ।’
जोभिचका पिताले सर्बियाका राष्ट्रपति र प्रधानमन्त्रीको अव्हानलाई पूर्ण रुपमा स्वीकार गर्ने उल्लेख गरेका छन् । उनले थपे, ‘यदि उनले गल्ति गरेको प्रमाणित हुन्छ भने उनले सजाय भोग्नु पर्छ ।’
लुका सर्बिया बेलग्रेडमा घर गएर बसेका थिए । ‘यदि उनले गल्ति गरेको प्रमाणित हुन्छ भने त्सपछिको निर्णयको म समर्थन गर्नेछु’, पिताले भने, ‘उनीकी प्रेमिका गर्भवती छिन् । जन्मदिन मनाउनका लागि उनी घर बाहिर जाने अवस्था छैन ।’
यसअघि रियल म्याड्रिडका फरवार्ड लुका जोभिचले सर्बियामा क्वारेनटाइन तोडेपछि सरकारका प्रधानमन्त्री आना ब्रानाबीच र राष्ट्रपति एलेक्जेन्डर भुचिचले गिरफ्तार गर्नेसम्मको चेतावनी दिएका थिए । कोरोना भाइरस संक्रमणका कारण युरोपेली फुटबल ठप्प भएपछि जोभिच आफ्नो देश सर्बिया फर्केका थिए ।
तर रियल म्याड्रिडले त्यसअघि नै आफ्ना सम्पूर्ण खेलाडी, अफिसियल तथा कर्मचारीलाई आ-आफ्नो बासस्थानमा क्वारेनटाइनमा बस्न आव्हान गरेको थियो । रियल म्याड्रिडको बास्केटबल टोलीका खेलाडीमा संक्रमण देखिएको र फुटबल टोलीले पनि एकै स्थानमा प्रशिक्षण गर्ने कारण विशेष सावधानी अपनाउन भनिएको थियो ।
यो पनि पढ्नुहोस : क्वारेनटाइन तोडेपछि जोभिचलाई गिरफ्तार गर्ने चेतावनी
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]