default_image

5 years ago

March 22, 2020

मिलान छाड्ने ज्लाटनको घोषणा

90 views

0 Bookmark

एजेन्सी – स्विडिस भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचले इटालियन सिरी ‘ए’ क्लब एसी मिलान छाड्ने घोषणा गरेका छन् । यसै विन्टर सिजनमा फ्रि ट्रान्सफरमा ६ महिनाका लागि मिलान आइपुगेका ज्लाटनले अझै तीन महिना बाँकी छँदै क्लब छाड्ने घोषणा गरेका हुन् ।

यसै साता क्लबले चिफ फुटबल अफिसर जोभोनिर बोवानलाई बर्खास्त गरेसँगै ज्लाटनले पनि क्लब छाड्ने निर्णय गरेको बुझिएको छ । बोवानकै पहलमा ज्लाटन पुनः एसी मिलानमा अनुबन्धित भएका थिए । ज्लाटनले यसअघि २०१० देखि २०१२ मा एसी मिलानमा बिताएका थिए ।

क्लबमा आएको तीन महिनामै उच्च प्रदर्शन गरिरहेका कारण क्लबले उनको सम्झौता नवीकरण गर्ने बुझिएको थियो । तर, बोवानको बर्खास्तीसँगै इभ्राहिमोभिचले पनि क्लब छाड्ने निर्णय गरेपछि मिलानका सिइओ इभान गाजिडिसलाई केही असहज महसुस हुनेछ ।

३८ वर्षीय भेट्रान फरवार्ड ज्लाटनले यो सिजन १० खेलमा ४ गोल गरिसकेका छन् । उनी यसै सिजन अमेरिकी क्लब एलए ग्यालेक्सीबाट मिलान पुगेका थिए ।

ज्लाटनले मिलान छाड्ने घोषणा गरेसँगै उनी अर्काे इटालियन क्लब नेपोली जान सक्ने बुझिएको छ । यसअघि मिलानमा सँगै खेलेका र हालका नेपोलीका सहायक प्रशिक्षक जेनारो गाटुसोले उनलाई क्लबमा ल्याउन चाहेको बुझिएको छ । ज्लाटनले नेपोलीमा व्यवस्थापनमै रहेर समेत नयाँ यात्रा सुरुवात गर्ने सम्भावना रहेको छ ।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.