default_image

5 years ago

March 22, 2020

डिबालालाई पनि कोरोना संक्रमण

137 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्टसका फरवार्ड पाउलो डिबालालाई पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ । शनिबार सामाजिक संजालमा डिबालाले आफूसँगै प्रेमिका ओरियाना सबातिनीलाई पनि संक्रमण भएको जानकारी दिएका हुन् ।

डिबाला कोरोना संक्रमण भएका युभेन्टसका तेस्रा खेलाडी हुन् । यसअघि ड्यानीएल रुगानी र ब्लेस माटुइडीमा पनि कोरोना संक्रमण रहेको थियो । हाल डिबाला र ओरियाना दुवैमा कुनै स्वास्थ्य समस्या नआएको र दुवै क्वारेनटाइनमा रहेको डिबालाले जानकारी दिएका छन् ।

विश्वमै महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसले इटालीमा सबैभन्दा धेरै असर गरेको छ । उत्तरी भेगबाट सुरु भएको भाइरस हाल देशव्यापी हुँदै हजारौंको संख्यामा ज्यान लिइसकेको छ । इटालियन एफएले पनि कम्तिमा अप्रिल पहिलो सातासम्म लिग स्थगित गरिसकेको छ । यद्यपि वर्तमान परिस्थिति हेर्दा उक्त समय अझै लम्बिने बलियो सम्भावना रहेको छ ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.