5 years ago
March 22, 2020
एजेन्सी – महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट स्पेनिस क्लब रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ ।
उनको उपचारको क्रममा ७६ वर्षको उमेरमा मृत्यु भएको हो । विश्वलाई ‘लक डाउन’ को अवस्थामा पुर्याएको कोरोना भाइरसको लक्षण देखिएपछि सान्जलाई यसै साता अस्पतालमा भर्ना गरिएको थियो । सान्जका छोरा लोरेन्जोले शनिबार सामाजिक सन्जाल ट्वीटरमार्फत् आफ्ना पिताको मृत्यु भएको पुष्टि गरेका छन् । त्यसपछि रियल र ला लिगाले पनि विज्ञप्ति जारी गर्दै समवेदना प्रकट गरेका थिए ।
‘कोरोना संक्रमणपछि मेरा पिताको मृत्यु भएको छ,’ लोरेन्जोले लेखेका छन् । ‘उनी यस्तो अन्त्यको हकदार थिएनन् । मैले उनी जतिको एक बहादुर र मेहनती मानिस आजसम्म देखेको छैन । उनका लागि रियल र परिवार सबैभन्दा महत्वपूर्ण थियो ।’ सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष रहेका लोरेन्जो मास्टरमाइन्डका रुपमा परिचित थिए ।
उनको कार्यकालमा रियलले दुई पटक युइएफए च्याम्पियन्स लिग र ला लिगा र युरोपियन कप विनर्स कप समान एक–एक पटक जितेको थियो ।
उनकै कार्यकालमा रियलले ३२ वर्षपछि च्याम्पियन्स लिग जित्न सफल भएको थियो । रियलले १९९८ मा च्याम्पियन्स लिग जित्ने क्रममा इटालियन क्लब युभेन्टसलाई पराजित गरेको थियो । त्यसको दुई वर्षपछि पनि रियलले च्याम्पियन्स लिगको ट्रफी जित्न उनी क्लबका अध्यक्ष रहेका थिए ।
त्यतिबेला उनले रियलमा डाभोर सुकर, रोवर्टाे कार्लाेस र निकोलस एनेल्का जस्ता खेलाडीलाई क्लबमा भित्र्याउन सफल भएका थिए । राहउल गोन्जालेज र गुटी पनि टोलीमा रहेका थिए । सान्जका छोरा फर्नान्डोले पनि रियलका लागि १९९६ देखि १९९९ सम्म खेलेका थिए । स्पेनमा हालसम्म २५ हजार ४ सय ९६ जना कोरोना संक्रमित देखिएको छ । मृत्यु हुनेको संख्या १ हजार ३ सय ७८ पुगेको छ ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]