5 years ago
March 22, 2020
एजेन्सी – कोरोना भाइरसका कारण यति बेला विश्व भर संकट उत्पन्न भएको छ । सबै क्षेत्रमा यसको असर देखिएको छ । युरोप लगायत विश्वका सबै खेलकुद गतिविधि ठप्प छन् । युरोपका शीर्ष लिग, च्याम्पियन्स लिग स्थगित छन् भने युरो कप अर्को वर्षका लागि सरेको छ ।
सन् २०२० मा हुने भनिएको युरो कप पनि अर्को वर्षका लागि सरेको छ । यससँगै केलियन एमबाप्पेलाई सम्झाउनका लागि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बढी समय पाएको छ । सन् २०२२ सम्म एमबाप्पको सम्झौता रहेकोले पिएसजी त्यसलाई लम्बाउन चाहन्छ । अब समरमा एम्बाप्पे फ्रान्सेली राष्ट्रिय टोलीसँग नजाने हुँदा क्लबमै रहेर सम्झौता नवीकरण बारे छलफल गर्न सक्छन् ।
एमबाप्पले यसअघि युरो २०२० सम्म कुर्ने र त्यसपछि क्लबसँगको भविष्यलाई लिएर छलफल गर्ने सोचमा थिए । युरो अर्को एक वर्षका लागि सरेको छ । पछिल्लो दुई सिजन पिएसजीबाट खेलिरहेका एमबाप्पेले अर्को सिजन नयाँ क्लब जाने सम्भावना रहेको चर्चा छ । यो सिजन राम्रो हुन सकेको खण्डमा टोलीले आफ्ना सुपर स्टारलाई नयाँ सम्झौता प्रस्ताव राख्न सक्नेछ । रियल म्याड्रिडले लामो समयदेखि एमबाप्पेमाथि नजर राखिरहेको छ ।
अहिले नै भने एमबाप्पे नयाँ सम्झौताको पक्षमा नरहेको अनुमान गरिएको छ । तर युरोपियन च्याम्पियनसिप सरेसँगै नयाँ सम्भवना हुन सक्छ । यो वर्ष हुने च्याम्पियन्स लिगका बाँकी खेल र ओलम्पिकले एमबाप्पेको महत्त्व अझै बढ्न सक्नेछ । जसले नयाँ सम्झौताका लागि थप सुधारको सम्भावना रहन्छ ।
अन्य समाचार पढ्नुहोस :
क्वारेनटाइनका लागि एन्फाले होस्टल प्रयोग गर्न दिने
एमबाप्पेलाई फकाउने पिएसजीलाई मौका
अत्यावश्यक कामबाहेक सबैलाई घरमै बस्न पारसको आग्रह !
कोरोना भाइरसबाट रियलका पूर्व अध्यक्षको मृत्यु
रोनाल्डिन्होको ४० औं जन्मदिन जेलमै
बार्सिलोनामा सबैका लागि ठाँउ छैन !
गौतम बुद्ध रंगशाला निर्माण कार्य स्थगित !
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]