default_image

5 years ago

March 21, 2020

बार्सिलोनामा सबैका लागि ठाँउ छैन !

116 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाले अर्कोका सिजनको लागि ब्राजिलका स्टार नेयमार र अर्जेन्टिनी फरवार्ड लाउटारो मार्टिनेजलाई भित्राउने लक्ष्य राखेको छ । यद्दपी दुवैसँगको सम्झौता सहज भने छैन ।

तर, पनि बार्सिलोनाले ३ सय मिलियनसम्म खर्च गर्ने सम्भावना रहेको छ । यदि नेयमार र मार्टिनेज दुवै आबद्ध हुने सम्भावना रहेको खण्डमा भने अहिले भएका सबै खेलाडीले मौका पाउँछन् भन्ने हुँदैन । केहि खेलाडीको भविष्य अनिश्चित जस्तै हुन सक्छ ।

लियोनल मेस्सी – शंका छैन

मेस्सीका विषयमा भने कुनै शंका हुने छैन । जुन सुकै खेलाडी आएको खण्डमा पनि आउने सिजनमा मेस्सीको भूमिका कम हुने छैन ।

लुइस स्वारेज – अन्तिम सिजन

स्वारेजको सम्झौता जुन २०२१ सम्म रहेको छ । अहिले उनी ३४ वर्षका भइसकेका छन्। उनको सम्झौता नविकरण हुने नहुने विषय अहिले टुंगेको छैन । यद्दपी उनले आउने सिजनमा ६० प्रतिशत खेल खेल्ने अनुमान गरिएको छ । चोटका कारण यो सिजन उनको प्रदर्शन सन्तोषजनक रहन सकेको छैन ।

एन्टोनी ग्रिजमठूलो अपेक्षा 

फ्रान्सेली फरवार्डबाट बार्सिलोनाले ठूलो अपेक्षा राखेको थियो । त्यसैले १ सय २० मिलियनमा उनलाई एट्लेटिको म्याड्रिडबाट लिइएको थियो । नेयमा र मार्टिनज आबद्ध भएको खण्डमा भने उनले खेल्ने सम्भावना कम हुनेछ । कम भूकिमा पनि उनी सन्तुष्ट रहन्छन् की रहँदैन त्यो भने समयले बताउनेछ ।

ओसमाने डेम्बेले – लगातार घाइते

बार्सिलोनाले योजना गरेको दुई खेलाडीलाई भित्राउन सकेको खण्डमा डेम्बेलेलाई बेच्ने लगभग तय छ । यद्दपी उनलाई कुन क्लबले किन्ने इच्छा देखाउँछन् त्यो भने यकिन छैन । सबैलाई थाहा छ उनको फिटनेसमा समस्या छ । त्यस्तो अवस्थामा कुनै पनि क्लब जोखिम उठाउन तयार नहुन सक्छन् ।

मार्टिन ब्रेथवाइट –

पछिल्लो पटक बार्सिलोनामा लामो सम्झौता गर्नेमा ब्रेथवाइट पर्दछन् । मुख्य प्रश्न के साच्चै क्लबले उनीमाथि भरोसा गर्न सक्छ भन्ने हो । यदि क्लबमा बेन्चमा पनि रहन तयार भए भने उनीप्रति क्लब सकारात्मक हुन सक्छ । उनी आफै पनि टोलीमा जम्न प्रयास गर्नेछन् ।

अन्सु फाती – भविष्य

नेयमार र मार्टिनेजको आगमन भएको खण्डमा अन्सु फातीका लागि पनि खतरा हुन सक्छ । त्यस्तो अवस्थामा थोरै मात्र समय पनि पाउन उनको लागि कठिन हुन सक्छ । त्यस्तो अवस्थामा लोनमा कतै जाने उनका लागि उत्तम विकल्प हुन सक्दछ । यो सिजन उनले मौका पाउँदा जस्तो प्रदर्शन गरे त्यसले उनीमा प्रचुर सम्भवना रहेको अनुमान गरिएको छ । त्यसैले क्लब पनि उनलाई गुमाउन चाहदैन ।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.