5 years ago
March 21, 2020
एजेन्सी – युभेन्ट्सका फरवार्ड गोन्जालो हिगुइन इटालीबाट स्वदेश अर्जेन्टिना फर्केका छन् । क्लबको अनुमति पाएपछि उनी स्वदेश फर्केको बताएको छ । कोरोना भाइरस अत्याधिक प्रभावित देशमध्ये इटाली एक हो ।
क्लबका डानिले रुगानी र ब्लेस मातुइडीमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएपछि क्लबले सबै खेलाडीलाई विशेष निगरानीका साथ होटलमा राखेका थियो । जसमा हिगुइन पनि थिए । आमा बिरामी भएका कारण हिगुइन स्वदेश फर्केको बताइएको छ । उनी फ्रान्स, स्पेन हुँदै अर्जेन्टिना गएका हुन् ।
अब उनी १४ दिन व्यक्तिगत रुपमा आइसोलेसनमा बस्ने बताइएको छ । टुरिन छाडेर स्वदेश फर्कनेमा भने हिगुइन एक मात्र खेलाडी हुनन् । सामी खेडिरा, मिरालिम प्यानिचले पनि इटाली छाडेका छन् । बिरामी आमालाई भेट्नका लागि क्लबका सुपर स्टार क्रिस्टियानो रोनाल्डो दुई साता अघि नै पोर्चुगल पुगेका थिए ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]