5 years ago
March 21, 2020
एजेन्सी – पोर्चुगल तथा इंग्लिस क्लब चेल्सीका पुर्व फुलब्याक पाउलो रेनाटो फेरेराले आफ्नो पुर्व सहयात्री तथा आधुनिक फुटबलका हस्ती सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले ४० वर्षसम्म व्यवसायिक फुटबल खेल्न सक्ने बताएका छन् ।
पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका फरवार्ड रोनाल्डो अहिले ३५ वर्षमा रहेपनि उनले अझै ५ वर्ष उस्तै किसिमबाट व्यवसायिक फुटबल खेल्न सक्ने बताएका हुन् । ४१ वर्षे फेरेराले २००४ देखि २०१० को बीचमा रोनाल्डोसँगै ४ ठुला प्रतियोगितामा खेल्ने अवसर पाएका थिए ।
‘रोनाल्डो अहिले ३५ वर्षका छन् । यो उमेरमा खेलाडीहरु सन्न्यासको नजिक हुन्छन् । तर, पनि उनको गोल गर्ने क्रम उस्तै छ । उनी निकै घातक छन् ,’ गोलसँगको अन्तर्वार्तामा फेरेराले भने, ‘एक महिनाअघि उनले सिरी ‘ए’ मा लगातार ११ खेलमा ११ गोल गर्दै कीर्तिमानलाई बराबरी गरेका छन् । यो उनको फिनिसर्स शैली हो । उनी कमजोर भएका छैनन् । झनै बलियो र फिनिसर बनिरहेका छन् ।’
यस्तै फेरेराले यो समयमा अन्य फरवार्डहरु सन्न्यास लिइसकेका हुने तर, रोनाल्डोले भने अझै ५ वर्ष खेल्ने सक्नेमा विश्वस्त रहेको बताए । ‘म रोनाल्डोलाई लामो समयदेखि चिन्छु । उनको दृष्टिकोण, उनको पेशामा उनी निकै मिहेनेती छ । मिहेनत र लगाव अनुसार उनको शरीरले अझै पाँच वर्षसम्म खेल्ने सक्ने क्षमता छ । उनी अझै महत्वपुर्ण खेलाडी रहेको छ ।’
रोनाल्डोले यो सिजन युभन्टेसबाट सबै खेलमा २५ गोल गरेका छन् । फेरेराले रोनाल्डोले २०२१ को युरोकप र २०२२ को विश्वकपमा नेतृत्व गर्ने समेत बताएका छन् । फेरेराले २००४ देखि २०१३ सम्म चेल्सीबाट व्यवसायिक फुटबल खेलेका थिए । उनले पोर्चुगलबाट २००२ बाट २०१० सम्म ६२ अन्तर्राष्ट्रिय फुटबल खेलेका थिए ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]