5 years ago
March 21, 2020
एजेन्सी – विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण यतिबेला विश्व खेलकुद नै ठप्प छ । उत्तरार्धतर्फ आइपुगेको विश्व फुटबलका लोकप्रिय क्लब लिग इंग्लिस प्रिमिर लिग, स्पेनिस ला लिगा, फ्रेन्च लिग वान, इटालियन सिरी ‘ए’ र च्याम्पियन्स लिग र युरोपा लिग दुई साता अघिबाट हुन सकेको छैन ।
खेल गतिविधि ठप्प हुदा खेलाडीहरु सुरक्षित रुपमा सेल्फ क्वारेन्टाइनमा समय बिताइरहेका छन् । अझ भन्नुपर्दा खेलाडीहरु अहिले फुर्सदिला बनेका छन् । आफ्नो खेल स्तर खस्कन नदिन खेलाडीहरुले सेल्फ प्रशिक्षण गरिरहेका छन् ।बुधबार मात्र घर(ब्राजिल) फर्किएका फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को विश्वका सर्वाधिक महँगा स्टार नेयमार जुनियर यसबाट अछुतो रहने कुरै भएन ।
यिनै नेयमार अहिले घरेलु भुमिमा समुद्र तटनजिकै बिच भलिबल कोर्टमा प्रशिक्षण लिइरहेका छन् । उनी बिच भलिबल कोर्टमा भलिबल खेल्नुका साथै आफ्नो नियमित प्रशिक्षणलाई निरन्तरता दिएका छन् ।
उनले सामाजिक सन्जाल इन्स्टाग्राममा बिच भलिबल कोर्टमा आफ्ना ब्राजिली सहयात्री लुकास लिमासँगको प्रशिक्षण र त्यसपछिको तस्विर पोस्ट गरेका छन् । पिएसजीका नेयमार र थियागो सिल्भा बुधबार फ्रान्सबाट ब्राजिल पुगेका थिए । नेयमारसँगै अन्य खेलाडीहरुले यो अवधिको छुट्टीलाई फरक तरिकाले मनाइरहेका छन् । इंग्लिस क्लब टोटेनहमका इरिक डिएरले आफ्ना सहयात्रीसँग वार्तालाप गर्दै दिन बिताइरहेका छन् ।
पोर्चुगिज तथा युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोले आफुलाई फिट राख्न जिम तथा पौडी पोखरीमा रमाइरहेको तस्विर सामाजिक सन्जालमा पोस्ट गरेका छन् । स्पेनिस क्लब रियल म्याड्रिका स्टार करिम बेन्जेमाले जिम हलमा रहेको तस्विर पोस्ट गरेका छन् ।
स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोन मेस्सीले आफुलाई फिट राख्न जिम हलमा प्रशिक्षण गरिरहेका छन् ।
प्रिमियर लिग अप्रिल महिना भरको लागि स्थगित भइसकेको छ ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]