5 years ago
March 21, 2020
एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाले आउदो समर सिजनमा टोलीमा पुरै परिवर्तन गर्ने योजना बनाएको छ । यो सिजन स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेपनि बार्सिलोनाको प्रदर्शन अपेक्षाकृत हुन सकेको छैन ।
त्यसैले पनि बार्सिलोनाले अर्काे सिजनको लागि टोली बलियो बनाउन व्यापक परिवर्तन गर्ने तयारी गरिरहेको हो । स्पेनिस पत्रिका मुन्डो डिर्पाेटिभोका अनुसार यसपटक बार्सिलोनाले ब्राजिल तथा फ्रेन्च क्लब पीएसजीका फरवार्ड नेयमार र अर्जेन्टिना तथा इन्टर मिलानका लोउटारो मार्टिनेजलाई अनुबन्ध गर्न प्राथमिकतामा राखेको छ ।
नेयमार र मार्टिनेज अनुबन्धको लागि बार्सिलोनाले औसमाने डेम्वेले र फिलिपे कौटिन्होलाई बेच्न सक्ने स्पेनिस पत्रिका मुन्डो डिर्पाेटिभोले उल्लेख गरेको छ । पीएसजीले केलियन एमबाप्पेलाई प्राथमिकतामा राख्दै नेयमारलाई बेच्ने बताइसकेको छ । यसका लागि पीएसजीले बार्सिलोनाका इभान राकिटिच र आर्टुरो भिडाललाई अनुबन्ध गर्न सक्नेछ । यस्तै इन्टर मिलानले मार्टिनेज र रोमेलु लुकाकुलाई प्राथमिकतामा राखेको छ । यि दुईको जोडी इन्टर मिलानमा खुवै जमेको छ ।
मार्टिनेजले चाहेको अवस्थामा उनी आफ्ना अर्जेन्टिनी सहयात्री लियोनेल मेस्सीसँग क्लब फुटबल खेल्न पाउन सक्नेछन् । इन्टर मिलानका प्रशिक्षक एन्टेनियो कोन्टेले बार्सिलोना आर्टुरो भिडाल र इभान राकिटिचलाई मन पराउने भएकाले मार्टिनेजलाई बार्सिलोना पठाउन सक्नेछन् । बार्सिलोनाले यसै समरमा नेयमारलाई अनुबन्ध गर्ने प्रयास गरेपनि सफल हुन सकेको थिएन ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]