5 years ago
March 19, 2020
एजेन्सी – इंग्लिस फुटबल एसोसिएसन (एफए) ले इंग्लिस प्रिमियर लिगसहित इंग्ल्यान्डका फुटबल गतिविधि अप्रिल ३० सम्मको लागि स्थगित गर्दै यो सिजन बाँकी खेलहरु सकाउने निर्णय गरेको छ ।
बिहीबार बसेको प्रिमियर लिगको बैठकले प्रिमियर लिगसहित महिला व्यवसायिक लिग, च्याम्पियनसिपसहितका फुटबल गतिविधि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण ३० अप्रिलसम्म स्थगित गरिएको उल्लेख गरेको छ ।
यसअघि एफएले ४ अप्रिलसम्म खेल स्थगित गरेको थियो । स्थिति सामान्य नभएपछि एफएले अप्रिल ४ नकुर्दै थप दिनलाई खेल स्थगित गरेको हो । झन्डै डेढ महिना लिग स्थगित भएसँगै अब एफएले लिग १ जुनमा सम्मको समयसीमा तोकेको छ ।
चीनबाट फैलिएको कोरोना भाइरसका कारण ९ मार्चयता प्रिमियर लिगका खेल हुन सकेको छैन । एक साताअघि म्यानचेस्टर सिटी र आर्सनलबीचको खेलयता प्रिमियर लिगका एक चरणका खेल स्थगित भइसकेका छन् ।
प्रिमियर लिगका प्रमुख रिचर्ड मास्टर्सले लिग अप्रिल अन्तिमसम्म स्थगित गरिएको र १ जुनमा सकाउने तयारी भइरहेको बताएका छन् । प्रिमियर लिगको २९औं चरणको खेल जारी रहँदा मर्सिसाइड क्लब लिभरपुल करिव ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि नजिक छ ।
लिभरपुललाई प्रिमियर लिग च्याम्पियन बन्न मात्रै दुई जितको खाँचो छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको छ । बेलायती सञ्चार माध्यमहरुले लिग सुचारु हुन नसकेको अवस्थामा लिभरपुललाई उपाधि दिलाउनु पर्ने बताएका थिए ।
लिग शुरु हुने भएसँगै लिभरपुलले उपाधिका लागि थप दुई खेल कुर्नुपर्ने भएको छ । चेल्सीका कलुम हड्सन ओडोइ र आर्सनलका प्रशिक्षकमा कोरोना भाइरसको पुष्टि भएसँगै लिग स्थगित भएको थियो । त्यसपछि लेस्टरका खेलाडीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
‘हामी एक छौं । यो सिजनको सबै खेल सकाउने हाम्रो तयारी छ । हामी यसलाई सकरात्मक बनाउनेतर्फ अघि बढिरहेका छौं । हामी सरकारको सल्लाहमा नै अघि बढिरहेका छौं ।’ प्रिमियर लिगका प्रमुख रिचर्ड मास्टर्सले भने, ‘स्थिति सहजतर्फ उन्मुख भइरहेको छ ।’ युइएफले यसै जुन–जुलाईमा तय भएको युरोकप २०२० अर्को एक वर्षको लागि स्थगित गरिसकेको छ ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]