5 years ago
March 17, 2020
एजेन्सी – यो सिजनको इंग्लिस प्रिमियर लिग उत्तरार्धमा रहँदा लिभरपुललाई च्याम्पियन बन्न मात्रै दुई जितको खाँचो थियो । सोमबार राति एभर्टनविरुद्धको तय भएको खेल सम्भव भएको भए र जित हात पारेको अवस्थामा लिभरपुल उपाधिबाट एक जित टाढा हुने थियो ।
तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा खेलकुद गतिविधि नै ठप्प बनेको छ । यसमा इंग्लिस प्रिमियर लिग पनि रहेको छ । प्रिमियर लिग आयोजकले ३ अप्रिलसम्मको खेल स्थगित गरिसकेको छ । यस्तोमा लिभरपुलको उपाधि यात्रासमेत लम्विएको छ । यो अवधिका लिभरपुलले एभर्टन र क्रिस्टल प्यालेससँग खेल्ने तालिका थियो । कोरोना भाइरको त्रास नभएको भए लिभरपुल २१ मार्चमा सम्भवत ३० वर्षपछि प्रिमियर लिग च्याम्पियन बन्ने थियो ।
तर, खेल नै स्थगित भएपछि लिभरपुलको उपाधि यात्रासमेत लम्विएको छ । लिगको २९औं चरणको खेल सुरु हुदा लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको छ । भनौ आरामदायी अग्रता बनाएको छ । यही अवस्थामा लिगका बाँकी खेल हुने नहुने अझैपनि भन्न सकिने अवस्था रहेको छैन । तर, यसबारे प्रिमियर लिग आयोजकले केही ठोस निर्णय पक्कै निकाल्ने छ ।
केही बेलयाती सञ्चार माध्यमले अबको बाँकी खेल हुन नसकेको अवस्थामा लिभरपुलाई यो सिजनको च्याम्पियन घोषणा गर्ने र यसवर्ष रेलिगेसन नहुने शर्त अघि सारेको छ । उनीहरुका अनुसार यो सिजन प्रिमियर लिगमा बढुवा हुने दुई क्लबसहित अर्काे वर्ष २२ टोलीलाई प्रतिस्पर्धा गराउने र ५ क्लबलाई रेलिगेसन गर्नुपर्ने समेत तर्क रहेको छ ।
४ अप्रिलपछि पनि खेल हुन नसकेको अवस्थामा लिभरपुललाई उपाधि दिइने तयारी भइसकेको छ । तर, यसका लागि कम्तीमा पनि १४ क्लबको बहुमत आवश्यकता रहेको प्रियिमर लिगको बैठकले यस्तो निर्णय गरेको छ ।
टेलिग्राफका अनुसार दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा २५ अंकको अग्रता बनाएको लिभरपुललाई च्याम्पियन बनाउने आन्तरिक तयारी भएको हो । तर, अब लिभरपुलले उपाधिका लागि १४ अन्य क्लबको बहुमत आवश्यक रहेको छ । १४ क्लबको बुहमत भएमा लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधि जित्नेछ । प्रिमियर लिगमा २० क्लब रहेको छ ।
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]