default_image

5 years ago

March 16, 2020

रोनाल्डो युभेन्टसमै रहने

111 views

0 Bookmark

एजेन्सी – इटालियन जाइन्ट युभेन्टसले आफ्ना स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई थप दुई वर्ष युभेन्टसमै राख्ने प्रयास थालेको छ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्टार फरवार्ड रोनाल्डोको सम्झौता २०२२ जुनमा सकिदैछ ।

तर, युभेन्टसले रोनाल्डोलाई क्लबमा थप दुई वर्ष राख्ने प्रयास थालेको हो । यसो हुन सकेमा रोनाल्डो २०२४ सम्म युभेन्टसमा रहनेछ । जतिबेला उनको उमेर ३९ वर्ष हुनेछ । क्लबले पनि रोनाल्डोले युभेन्टसमा सम्झौता नवीकरण गर्ने विश्वास लिएको छ ।

पछिल्लो समय रोनाल्डो पुनः आफ्नो पुर्व क्लब रियल म्याड्रिडसँग नजिकिएको खबर बाहिरिएको थियो । रोनाल्डो बार्सिलोना र रियलबीचको ‘एल क्लासिको’ हेर्न सान्टियागो बर्नबेउ पुगेका थिए ।

रोनाल्डो २०१८ मा रियलबाट युभेन्टस पुगेका थिए । उनले त्यहाँ आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । उनले यो सिजन ३२ खेल खेल्दै २५ गोल गरिसकेका छन् । उनले सिरी ‘ए’ मा लगातार ११ खेलमा ११ गोल गर्दै नयाँ कीर्तिमान समेत बनाएका छन् ।  त्यसैले पनि क्लबले रोनाल्डोको सम्झौता लम्ब्याउने प्रयास थालेको छ ।

क्लबले रोनाल्डोलाई यथावत राख्दै ब्राजिली तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका ग्याब्रियल जेसस र इंग्ल्यान्ड तथा इंग्लिस क्लब टोटेनहम हट्सपरका ह्यारी केनलाई अनुबन्ध गर्ने प्रयास समेत थालेको छ । यस्तै फ्रेन्च क्ब पिएसजीका मोउरो इकार्डी र जर्मन क्लब आरबी लाइप्जिगका टिमो वेर्नरलाइै रोनाल्डोको सहयात्रीका लागि अनुबन्ध गर्ने प्रयास थालेको बुझिएको छ ।

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

Success

Thank you for your time.