default_image

5 years ago

March 13, 2020

कनकाईलाई सुखानी स्मृति गोल्डकपको उपाधि

70 views

0 Bookmark

झापा (हाम्रो खेलकुद)– कनकाई नगर खेलकुद विकास समिति झापाले सुखानी सहिद स्मृति गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । साविक विजेता समेत रहेको कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई शुक्रबार फाइनलमा २–१ ले हराउँदै कनकाईले उपाधि जितेको हो ।

अर्जुनधारा ९ खरबन्दीस्थित नमुना खेलमैदानमा प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाईले पहिलोपल्ट जितेको हो । कनकाईका लागि लक्ष्मी श्रेष्ठले २८ औं र सरिता शेर्पाले ५९ औं मिनेटमा गोल गरे । ६९औं मिनेटमा पवित्रा लिम्बूले कर्णसिंहका लागि गोल फर्काएकी थिइन् ।

कनकाईले उपाधिसहित १ लाख २५ हजार र कर्णसिंहले ७५ हजार रुपैयाँ प्राप्त गर्यो । कनकाईकी कुसुम खतिवडा प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी चुनिइन र उनले १२ हजार रुपैयाँ प्राप्त गरिन् ।

कनकाईकी लक्ष्मी श्रेष्ठ उत्कृष्ट फरवार्ड, सुमिष्ता चौधरी उत्कृष्ट रक्ष्ँक, जशोदा लागवती उत्कृष्ट गोलकिपर, सन्त रायाझी उत्कृष्ट प्रशिक्षक र कर्णसिंहकी सुनकला राई उत्कृष्ट मिडफिल्डर चुनिए ।

उत्कृष्टले समान ७ हजार रुपैयाँ प्राप्त गरे । फाइनलकी उमन अफ दी म्याच कनकाइकी नेहा चौधरीले ५ हजार रुपैयाँ प्राप्त गरिन् । पारिजात फुटबल क्लब झापा फेयर प्ले टोली घोषित भयो र १० हजार रुपैयाँ प्राप्त गर्यो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक राज्य विकास मन्त्री जसमाया गजमेर, प्रदेश सांसद्हरु अर्जुन राई, वृख प्रधान र हिरा थापा, वडाध्यक्ष बलदेवसिंह गोम्देन, आयोजक सुखानी शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरे, उपाध्यक्ष टंक भट्टराईलगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।

October 6, 2024

लिभरपुल र सिटीको‌ जित

एजेन्सी – लिभरपुलले इङ्ग्ल्सि प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसमाथि जित हात पारेको छ । सातौं खेलमा छैटौं जित निकाल्ने क्रममा लिभरपुलले शनिवार क्रिस्टललाई १-० ले पराजित गरेको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डियगो जोटाले गोल गरे । खेलको नवौं मिनेटमा नै जोटाले गरेको गोल निर्णायक बन्यो । लिभरपुल ७ खेलबाट […]

October 6, 2024

रियल र बार्सिलोनाको अंक बराबर

एजेन्सी – साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सलोनासँग अंक बराबरी गरेको छ। आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा रियलले शनिवार भिल्लारियललाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउँन फेडेरिको भल्भर्डो र भिनिसियस जुनियरले गोल गरेका थिए। खेलको १४औं मिनेटमा भल्भर्डोले गोल गर्दै रियललाई सुरुवाती […]

October 5, 2024

युवा खेलाडीको मृत्युसहितको क्षति छानबिन गर्न संसदीय समिति बन्ने

काठमाडौं (हाम्रो खेलकुद)- पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीमा रहेका ६ युवा खेलाडीको मृत्यु भएको र अन्य क्षतिको अध्ययन गर्न छानविन गर्न संसदीय छानबिन समिति बन्ने भएको छ। असोज ११ गते लगातार वर्षापछि एकेडेमी ४० युवा खेलाडीलाई अन्यत्र लैजाने  क्रममा बाटोमा ६ जनाको मृत्यु भएको बताइएको थियो। पूर्वाधार विकास समितिको शुक्रवार‌ बसेको बैठकले छानबिन समिति बनाउने […]

Success

Thank you for your time.