5 years ago
March 13, 2020
एजेन्सी – युरोपेली फुटबल महासंघ (युइएफए) ले आफ्नो मातहातमा हुने सम्पूर्ण फुटबल गतिविधि च्याम्पियन्स लिग, युरोपा लिग र युथ लिग स्थगित भएको घोषणा गरेको छ ।
चीनको उहान प्रान्तबाट सुरु भएर विश्वव्यापी रुपमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण सम्पूर्ण गतिविधि स्थगित गर्नु परेको युइएफएले जनाएको छ । ‘बिहीबार फिफप्रो र ५५ सदस्यीय युइएफएको भिडियो कन्फ्रेन्स मार्फत बसेको बैठकले खेलसँग सम्बन्धित सबैको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो ,’ युइएफएले उल्लेख गरेको छ ।
युइएफएले खेलाडीहरुमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि प्रतियोगिता स्थगित गर्नुपरेको उल्लेख गरेको छ । आगामी मंगलबार स्पेनिस क्लब रियल म्याड्रिडले च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्दै थियो । तर, रियलका बास्केटबल खेलाडमा कोरोना पोजेटिभ भेटिएपछि रियलका सबै खेलाडी क्वारेन्टाइनमा बस्नुपर्ने भएपछि खेल स्थगित हुन पुगेको थियो ।
इटाली, स्पेन, फ्रान्स लगायतका देशका राष्ट्रिय लिगहरू कम्तिमा २ हप्ताका लागि स्थगित भइसकेका छन् । युभेन्टसका पाउलो डिबाला र रुगानी, चेल्सीका कलुम हड्सन ओडोई र आर्सनलका प्रशिक्षक मिकेल अर्टेटालाई कोरोना पोजेटिभ देखिएको छ । च्याम्पियन्स लिग र युरोपा लिगको केही खेलहरु क्लोज डोरमा खेलाईएको थियो ।
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]