5 years ago
March 13, 2020
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा सानदार जित निकालेको छ । युनाइटेडले घरेलु टोली अष्ट्रियन क्लब लास्कमाथि ५–० को फराकिलो जित निकालेको हो ।
बिहीबार राति भएको खेलमा युनाइटेडको फराकिलो जितमा ओडिन इघलो, ड्यानियल जेम्स, हुवान माटा, मासन ग्रीनवुड र एन्ड्रियस पेरेराले गोल गरे । एकपक्षीय खेलमा पहिलो हाफमा १ गोल सम्भव हुदा दोस्रो हाफमा ४ गोल भएको थियो ।
खेलको २८औं मिनेटमा ओडिन इघलोले गोल गदै युनाइटेडलाई अग्रता दिलाए । ५८औं मिनेटमा ड्यानियल जेम्सले अग्रता दोब्बर पारे । ८२औं मिनेटमा हुवान माटाले गोल गरेपछि युनाइटेड फराकिलो जिततर्फ अग्रसर बन्यो । एन्द्रियस पेरेराले गोल गर्दै म्यानचेस्टरलाई ५–० को सानदार जित दिलाए ।
जितसँगै युनाइटेडले युरोपा लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा हुने दोस्रो लेगमा यही नतिजा कायम गर्न सके युनाइटेड अघिल्लो चरणमा प्रवेश गर्नेछ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण इंग्ल्यान्डमा दोस्रो लेग हुने सम्भावना न्युन रहेको छ । इंग्ल्यान्डमा अहिले फुटबल गतिविधि बन्द रंगशालामा तथा केही खेलहरु स्थगित भइसकेका छन् ।
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]