default_image

5 years ago

March 12, 2020

नेयमार नायक बन्दा पीएसजीको पूनरागमन जित

159 views

0 Bookmark

एजेन्सी – ब्राजिली स्टार फरवार्ड नेयमार जुनियर नायक बन्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पुनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २–० ले पराजित गर्दै समग्रमा ३–२ को जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । पीएसजी पहिलो लेगमा २–१ ले पछि परेको थियो ।

बुधबार राति पार्क डि प्रिन्सेस रंगशालामा दर्शकविना खेलिएको खेलमा पीएसजीको जितमा जुवान बर्नाटले अर्काे एक गोल थपेका थिए । खेलको २८औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । एन्जल डि मारियाको क्रसमा नेयमारले सिक्स यार्ड बक्समा डाइभिङ हेडिङ गोल गर्दा डर्टमन्डका गोलरक्षक रोमन बुर्कीले रोक्ने कुनै अवसर नै पाएन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जुवा नबर्नाटले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले पाब्लो सारावियाको पासलाई सदुपयोग गरेका थिए ।

२–० ले पछि परेपछि डर्टमन्डले दोस्रो हाफमा घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । युवा स्टार अर्लिङ ब्राउट हालान्ड र जाडोन सान्चोका केही प्रयासलाई पीएसजीका गोलरक्षक केलर नाभासले विफल पारेका थिए ।

इन्ज्युरी समयतिर खेल तनावपुर्ण बन्न पुगेको थियो । ८९औं मिनेटमा पाहुना टोली १० खेलाडीमा समेटिएको थियो । नेयमारलाई अनावश्यक फउल गरेपछि रेफ्री टेलरले इम्री क्यानलाई सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । त्यसपछि पीएसजीका नेयमार मार्कुन्योस, एन्जल डि मारिया र केलियन एमबाप्पेले पहेँलो कार्ड दर्शन गरेका थिए ।

कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण खाली स्टेडियममा खेल हुदा स्टेडियम बाहिर पीएसजीका समर्थकको बाक्लो उपस्थिति रहेको थियो ।

March 13, 2025

नाटकीय पेनाल्टीमा‌ जित निकाल्दै रियल क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

Success

Thank you for your time.