default_image

5 years ago

March 12, 2020

लिभरपुल च्याम्पियन्स लिगबाट नकआउट

158 views

0 Bookmark

एजेन्सी – डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै नकआउट भएको छ । बुधबार राति दोस्रो लेगमा घरेलु मैदानमा स्पेनिस प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडसँग अतिरिक्त समयमा ३–२ ले पराजत हुदै साविक विजेता प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो ।

लिभरपुल समग्रमा ४–२ ले पराजित भएको हो । लिभरपुलले पहिलो लेग १–० ले गुमाएको थियो । लिभरपुललाई नकआउट गर्न मार्कस लोरेन्टे दुई तथा अल्भेरो मोराटाले गोल गरे । लिभरपुलका जर्जिन्हो विज्नल्डम र रोवर्टाे फिर्मिनोले गोल गरेपनि हार टार्न सकेन ।

प्रतिस्पर्धात्मक खेलको ४३औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनको पासमा विज्नल्डमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाउदा खेल १–१ को बराबरीमा पुगेको थियो । त्यसपछि निर्धारित समयमा दुवै तर्फबाट गोल निस्कन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा लिभरपुलका रोवर्टाे फिर्मिन्होले गोल गरेपनि त्यसपछि घरेलु मैदानमा लिभरपुल निरिह बन्दा एट्लेटिकोले तीन गोल गर्दै लिभरपुललाई स्तब्ध बनायो । लिभरपुलका दोस्रो रोजाइका गोलरक्षक एड्रियनको खेल निकै नै फितलो रह्यो ।

९४औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुलाई खेलमा अग्रता दिलाएको थियो । ९७औं मिनेटमा मार्कस लोरेन्टेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । अतिरिक्त समयको पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा लोरेन्टेले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलको अघिल्लो चरण पुग्ने यात्राको सम्भावना सकिदा एट्लेटिकोले खेललाई २–२ गोलको बराबरीमा ल्याउदा समग्रमा ३–२ को अग्रता लिन सफल भएको थियो ।

अतिरिक्त समयको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा अल्भेरो मोराटाले गोल गर्दै लिभरपुललाई घरेलु मैदानमा ३–२ को लज्जास्पद हार चखायो ।

March 13, 2025

नाटकीय पेनाल्टीमा‌ जित निकाल्दै रियल क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

Success

Thank you for your time.