5 years ago
March 11, 2020
एजेन्सी – फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार केलियन एमबाप्पेको स्वास्थ्यमा केहि समस्या देखिएको थियो । बोरुसिया डर्टमन्डविरुद्ध हुने च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको दोस्रो लेग अघि उनी बिरामी पर्दा पिएसजीको चिन्ता बढेको छ ।
उनको बिमारीको कारण कोरोना भाइरस हो की भन्ने शंका पनि गरिएको थियो । तर, त्यो शंका भने टरेको छ । कोराना भाइरसको परिक्षणमा नेगेटिभ आएपछि एमबाप्पे र पिएसजी दुवै ढुक्क भएका छन् । घाँटिमा समस्या देखिएपछि उनलाई परिक्षणका लागि लगिएको थियो ।
चीनबाट सुरु भएको कोरोना भाइरसको असर विश्वका विभिन्न मुलुकमा देखि सकिएको छ । जसका कारण विश्वभरका थुप्रै खेल गतिविधि पनि रोकिएका छन् । २१ वर्षे सुपर स्टार स्वास्थ परिक्षण पछि पूर्ण रुपमा ठिक रहेको पुष्टी भएको बताइएको छ ।
‘एमबाप्पे विरामी छन् । उनी हिजो र आज उनलाई सन्चो थिएन । साँझ सामान्य अभ्यास गरे,’ पिएसजीका प्रशिक्षक थोमस टुचेलले मंगलबार भनेका भनेका थिए,‘ पछिल्लो दुई दिन उनले अभ्यास गरेनन् । भोली बिहान सम्म हेछौं त्यसपछि मात्र उनले खेल्न नखेल्ने तय हुनेछ ।’
एमबाप्पले अहिले पिएसजीका नेयमार भन्दा पनि महत्वपूर्ण खेलाडीका रुपमा हेरिन्छन् । यो सिजन ३२ खेलमा उनले ३० गोल गसिरसकेका छन् । पिएसजीले कोराना भाइरसको संक्रमणको खताराका कारण घरेलु मैदानमा दर्शकको उपस्थिति विना च्याम्पियन्स लिग खेल्नुपर्नेछ ।
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]