5 years ago
March 11, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति दुई खेल हुँदैछ । फ्रेन्च क्लब पीएसजीले घरेलु मैदानमा जर्मन क्लब बोरुसिया डर्टमन्डको आतिथ्यता गर्दा अर्काे खेलमा साविक विजेता इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडको सामना गर्दैछ । दुवै खेल नेपाली समय अनुसार राति १ः४५ बजे हुनेछ ।
घरेलु मैदान पार्क डि प्रिन्सेस रंगशालामा डर्टमण्डविरुद्ध उत्रदा पीएसजी दबाबमा हुनेछ । पहिलो लेगमा २–१ ले पछि परेको पीएसजीलाई जितको विकल्प छैन । कम्तीमा पनि पीएसजीलाई १–० को जित आवश्यक छ । १–० को जित निकालेको अवस्थामा पीएसजी अवे गोलमा अघि बढ्न सक्नेछ । बराबरी या हारले पीएसजीको यात्रा प्रि–क्वाटरफाइनलबाटै सकिनेछ ।
पीएसजीलाई घरेलु मैदानमा जितको विकल्प छैन । घरेलु मैदानमा समर्थकबिना खेल्नु पर्दा पीएसजीलाई थप समस्या हुन सक्नेछ । पीएसजीका लागि केलियन एमबाप्पे र ब्राजिली नेयमार नै टोलीको लागि मुख्य हतियार बन्नेछन् । उनीहरुलाई एडिन्सन काभानी, एन्जल डि मारिया, मार्कुन्योस र थियागो सिल्भाले साथ दिनेछ । केलर नाभासले पीएसजीको पोस्ट सम्हाल्नेछन् ।
(कोभिड–१९)कोरोना भाइरसको त्रासका कारण विश्वभरका खेलकुद गतिविधि ठप्प हुदा केही खेलहरु भने बन्द रंगशालामा भइरहेको छ ।
यता, जर्मन टोली डर्टमण्ड पीएसजीलाई घरेलु मैदानमा पराजित गर्दै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । डर्टमन्डका लागि अघिल्लो चरण पुग्न बराबरी नै पर्याप्त रहनेछ ।
युवा फरवार्ड अर्लिङ ब्राउट हालाण्ड र जाडोन सान्चोको उत्कृष्ट लय डर्टमण्डको जितको आधार बन्न सक्नेछ । हालान्डले यो सिजन च्याम्पियन्स लिगमा १० गोल गरिसकेका छन् । हालान्ड नै पीएसजीविरुद्ध मुख्य हतियार हुनेछन् ।
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]