default_image

5 years ago

March 11, 2020

टोटेनहम च्याम्पियन्स लिग बाहिर

144 views

0 Bookmark

एजेन्सी – गोलरक्षक ह्युगो लोरिसले बिर्सनलायक प्रदर्शन गरेपछि साविकको उपविजेता इंग्लिस क्लब टोटेनहम हस्टपर युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । आरबी लाइप्जिग पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

मंगलबार राति जित्नै पर्ने खेलमा जर्मन प्रतिद्धन्द्धी आरबी लाइप्जिगसाग ३–० ले पराजित भएपछि टोटेनहमको यात्रा प्रि–क्वाटरफाइनलबाटै सकिएको हो । टोटेनहम समग्रमा जर्मन प्रतिद्धन्द्धीसँग ४–० ले पराजित भएको हो । पहिलो लेगमा टोटेनहम घरेलु मैदानमा १–० ले पछि परेको थियो ।

रेडबुल एरिना लाइप्जिगमा घरेलु टोलीको जितमा मार्सेल सवित्जरले दुई तथा इमिल फोर्सवर्गले एक गोल गरे । खेलको १०औं मिनेटमा मार्सेल सवित्जरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । पेनाल्टी बक्स बाहिरको सवित्जरको प्रहार टोटेनहमका गोलरक्षक लोरिसको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

२१औं मिनेटमा सवित्जरले नै हेड गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । सवित्जरको हेडरलाई लोरिसले ठम्याएपनि बचाउन सकेन । ४२औं मिनेटमा टोटेनहमले पहिलो मुभ बनाएपनि गोल गर्न सकेन । लो सेल्सोको प्रहार घरेलु टोलीका गोलरक्षक पिटर गुलासीले बचाए ।

७४औं मिनेटमा डेल अलीको प्रहारमा पुनः गुलासी बाधक बन्दा टोटेनहमले अग्रता घटाउने अवसर गुमायो ।  ८७औं मिनेटमा इमिल फोर्सवर्गले गोल गरेपछि टोटेनहमको अघिल्लो चरण पुग्ने यात्रामा पुर्ण विराम लाग्यो ।

March 13, 2025

नाटकीय पेनाल्टीमा‌ जित निकाल्दै रियल क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

Success

Thank you for your time.