default_image

5 years ago

March 10, 2020

भार्डीको दुई गोलमा लेस्टरको सानदार जित

101 views

0 Bookmark

एजेन्सी – इंग्लिस फरवार्ड जेमी भार्डी र हार्वे बार्नेसको दुई–दुई गोल सहयोगमा लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । लेस्टरले एस्टन भिल्लामाथि ४–० को सानदार जित हात पारेको हो ।

जितसँगै लेस्टरले अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा सिधै छनोट हुने बलियो सम्भावना बनाएको छ । तेस्रो स्थानमा रहेको लेस्टरले दोस्रो स्थानमा रहेको म्यानचेस्ट सिटीसँगको अंक दुरी ४ मा छोट्याउदा चौथो स्थानमा रहेको चेल्सीसँगको अंक दुरी ५ पुर्‍याएको छ ।  प्रिमियर लिगमा शीर्ष चारमा रहने टोलीले सिधै च्याम्पियन्स लिगमा छनोट हुने प्रावधान छ । पाँचौ स्थानमा रहने टोलीले प्ले अफ खेल्नु पर्ने हुन्छ ।

किङ पावर स्टेडियममा सोमबार राति भएको एकपक्षीय खेलमा लेस्टरले ४०औं मिनेटमा हार्वे बार्नेसको गोलबाट अग्रता बनाएको थियो । उनले मार्क अलब्राइटनको पासमा गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको लेस्टरले दोस्रो हाफमा थप तीन गोल थप्यो ।


६३औं मिनेटमा जेमी भार्डीले पेनाल्टीमा गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनायो । बार्नेसको प्रहारलाई पेनाल्टी एरियामा टेरोन मिङ्सले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा भार्डी चुकेनन् । ७९औं मिनेटमा भार्डीले व्यक्तिगत दोस्रो गोल गरेपछि लेस्टर सहज जिततर्फ अग्रसर बन्यो ।

८५औं मिनेटमा मार्क अलब्राइटनको पासमा बार्नेसले अर्काे गोल थप्दै लेस्टरलाई ४–० को सानदार जित दिलाए । हारपछि एस्टन भिल्लाको रेलिगेसनको सम्भावना झनै बढेको छ । भिल्ला २५ अंक जोडेर १९औं स्थानमा छ ।

March 12, 2025

थ्री स्टार  विराट गोल्डकप च्याम्पियन

विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं  रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल  सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको‌ यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]

March 12, 2025

फ्रान्सेली मिडफिल्डर काठमाडौं रेजर्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]

March 12, 2025

एसियन कप छनोट प्रशिक्षण- दोस्रो चरणमा २७ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको‌ तयारीमा जुटिरहेको छ। टोलीको‌ दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई‌ समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]

Success

Thank you for your time.