5 years ago
March 10, 2020
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेग मंगलबार राति देखि शुरु हुदैछ । दोस्रो लेगमा मंगलबार राति दुई खेल हुदैछ ।
जर्मन क्लब आरबी लाइप्जिगले इंग्लिस क्लब टोटेनहम हस्टपर तथा अर्काे खेलमा स्पेनिस क्लब भ्यालेन्सियाले र इटालियन क्लब एटलान्टाको आतिथ्यता गर्दैछ । बुधबार राति डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब एट्लेटिको मड्रिड तथा फ्रेन्च पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब बोरुसिया डर्टमन्डको आतिथ्यता गर्दैछ ।
यही चारमध्येको पीएसजीको मैदानमा हुने पीएसजी र डर्टमन्डबीचको खेल बन्द रंगशालामा हुने भएको छ । विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरसको कारण खेल बन्द रंगशालामा हुन लागेको हो । चीनबाट फैलिएको कोरोना भाइरस अहिले युरोपियन राष्ट्र इटाली, फ्रान्स, स्पेन हुदै अन्य देशमा पनि फैलिइरहेको छ ।
फ्रान्स सरकारले १ हजार भन्दा बढी व्यक्ति भेलामा प्रतिबन्ध लगाएको छ । खेल नै रद्ध हुने अनुमान गरिएपनि फ्रान्स सरकारले ४८ हजार दर्शक क्षमताको रंगशालामा खेल हुने तर, ‘क्लोज डोर’ मा हुने उल्लेख गरेको छ ।
थोमस टचेलको टोली पहिलो लेगमा २–१ ले पछि परेको छ । घरेलु मैदानमा हुने खेलमा जित निकाल्दै पीएसजी क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । घरेलु मैदानमा १–० को जित निकाल्न सकेको अवस्थामा पनि पीएसजी अवे गोलको आधारमा अघि बढ्नेछ । २–१ कै नतिजा, बराबरीको नतिजाले पीएसजीले अघिल्लो चरणको यात्रा पार गर्न सक्ने छैन ।
यस्तै अर्काे साता पनि दोस्रो लेगमा चार खेल हुदैछ । मंगलबार राति इटालियन क्लब युभेन्टस र फ्रेन्च क्लब लियोन तथा बुधबार राति स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नेपोली तथा इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुदैछ ।
बार्सिलोनाको मैदान क्याम्प नोउमा हुने बार्सिलोना र नेपोलीबीचको खेलमा पनि कोरोना त्रासकै कारण दर्शकहरुलाई प्रवेशमा रोक लगाइने तयारी गरेको छ । यस्तै युभेन्टस र लियोनबीचको खेल पनि बन्द रंगशालामा हुने तय भएको छ । पछिल्लो समय इटालीमा कोरोनाबाट ३६६ जनाको मृत्यु भइसकेको र ७ हजार ३ सय ७५ जनामा संक्रमण देखिएको छ ।
कोरोना त्रासकै कारण बार्सिलोना सिटी काउन्सिलले मार्च १५ को लागि तय गरेको बार्सिलोना म्याराथन २५ अक्टोवर २०२० लाई सारिसकेको छ । त्यसैले पनि नोउ क्याम्पमा हुने बार्सिलोना र नेपोलीबीचको खेल शंकाको घेरामा छ । कोरोनाकै कारण फ्रान्स र इटालीमा हुने युइएफए युरोपा लिगका खेलहरु पनि बन्द रंगशालामा या खेल नै रद्ध हुन सक्ने अनुमान गरिएको छ ।
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]