default_image

5 years ago

March 9, 2020

रियल बेटिससँग रियल स्तब्ध

114 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा स्पेनिस महारथी रियल म्याड्रिड स्तब्ध बनेको छ । रियल घरेलु टोली रियल बेटिससँग २–१ स्तब्ध बनेको हो । रियललाई स्तब्ध बनाउन रियल बेटिसका सिड्नेई र सब्सिच्युट क्रिस्टियन टेलोले गोल गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काए ।

 

रियल बेटिससँग हारसँगै रियलले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । रियल शीर्षस्थानको बार्सिलोनासँग २ अंकले पछि परेको छ । रियलले अघिल्लो साता मात्रै इएल क्लासिकोमा बार्सिलोनालाई पराजित गर्दै शीर्षस्थानमा पुनरागमन गरेको थियो । तर, रियलले रियल बेटिसविरुद्ध जित निकाल्न सकेन । रियल बेटिस ३३ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलको १२औं मिनेटमा सिड्नेइले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले नविल फेकिरको पासमा गोल गर्न सफल भएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रियलले पेनाल्टीमार्फत खेललाई बराबरीमा ल्याएको थियो । सिड्नेइले मार्सेलोलाई पेनाल्टी बक्समा लडाएपछि रियलले पेनाल्टीको मौका पाएको थियो । जुलाई करिम बेन्जेमा गोल गर्न सफल भएका थिए ।

खेल सकिन ८ मिनेट बाँकी रहँदा सब्सिच्युट क्रिस्टियन टेलोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले एन्ड्रिस गुर्डाडोको पासमा गोल गरेका थिए । क्रिस्टियन ६६औं मिनेटमा जोआक्वीनको स्थानमा मैदानमा प्रवेश गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा रियल घरेलु टोलीसँग स्तब्ध बन्न पुग्यो ।

March 12, 2025

थ्री स्टार  विराट गोल्डकप च्याम्पियन

विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं  रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल  सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको‌ यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]

March 12, 2025

फ्रान्सेली मिडफिल्डर काठमाडौं रेजर्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]

March 12, 2025

एसियन कप छनोट प्रशिक्षण- दोस्रो चरणमा २७ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको‌ तयारीमा जुटिरहेको छ। टोलीको‌ दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई‌ समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]

Success

Thank you for your time.