5 years ago
March 9, 2020
एजेन्सी – साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा चार अंकको अग्रता लिन सफल भएको छ । घरेलु मैदानमा अग्सवर्गलाई २–० ले पराजित गर्दै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमन्डसँग ४ अंकको अग्रता लिन सफल भएको हो ।
जितसँगै उपाधि यात्रालाई मजवुत बनाएको बायर्नको २५ खेलबाट ५५ अंक रहेको छ । समान खेलबाटै डर्टमन्डको ५१ अंक रहेको छ । पराजित अग्सवर्गको २७ अंकसहति १४औं स्थानमा छ । एलियन्ज एरिना म्युनिखमा आइतबार राति भएको खेलमा बायर्नको जितमा थोमस मुलर र लियोन गोरेट्जकाले गोल गरे दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
खेलको शुरुवात देखि नै बल पोजेसनमा पकड बनाएपनि बायर्नले विपक्षी पोस्टमा गतिलो आक्रमण बुन्न सकेको थिएन । अग्सवर्गले पनि काउन्टर एट्याकमा केही अवसर गुमाएको थियो । ४३औं मिनेटमा सर्जी जिनाब्रीको क्रसमा थोमस मुलरको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा बायर्नले पहिलो हाफमा अग्रता लिनबाट चुकेको थियो ।
५३औं मिनेटमा जेरेमी बोएटिङको पासमा थोमस मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ६५औं मिनेटमा जोसुवा जिर्कजीको प्रहारले पोस्टको गति लिन सकेन । ६९औं मिनेटमा सर्जी जिनाव्रीको प्रहारलाई अग्सवर्गका गोलरक्षक एन्ड्रियस लुथेले उत्कृष्ट बचाउ गरे ।
७८औं मिनेटमा अल्फ्रेड फिनबोग्सनको पासमा फ्लोरेन नाइदरलेच्नरले गोल गर्ने सुन्दर मौका खेर फाल्दा अग्गवर्ग बराबरीबाट चुक्यो । ८७औं मिनेटमा नाइदरलेच्नरले गोल गरेपनि उनी अफसाइड ठहरिए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सर्जियो जिनाव्रीको पासमा लियोन गोरेट्जकाले गोल गर्दै बायर्नलाई २–० को जित दिलाए ।
March 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा चैतको पहिलो साता काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डिसीसी कप’ हुने भएको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा चैत २ देखि ९ गतेसम्म प्रतियोगितामा काठमाडौं जिल्लाका ११ वटा पालिकाको सहभागिता रहने बुधवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जनाएका छन्। पहिलो पटक हुन लागेको […]
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले २४ औं आहा!रारा पोखरा […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]