5 years ago
March 8, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति तीन खेल हुदैछ । चेल्सी र एभर्टनबीच प्रतिस्पर्धा हुनेछ । यस्तै लेस्टर सिटी र एस्टन भिल्लाबीच पनि प्रतिस्पर्धा हुनेछ । यस्तै म्यानचेस्टर डर्बी भिडन्त हुनेछ ।
बहुचर्चित म्यानचेस्टर डर्बी भिडन्त युनाइटेडको घरेलु मैदानमा ओल्ड ट्राफोर्डमा हुनेछ । डर्बी भिडन्त नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । सिटी घरेलु टोलीलाई पराजित गर्दै शीर्षस्थानको लिभरपुलसँगको अंक दुरी कम गर्ने लक्ष्यमा हुनेछ ।
दोस्रो स्थानको सिटीको २७ खेलमा ५७ अंक छ । सिटी लिभरपुल भन्दा २५ अंकले पछि छ । यता, युनाइटेड सिटीलाई घरेलु मैदानमा हराएर शीर्ष पाँचमा उक्लने दाउँमा हुनेछ । सातौं स्थानको युनाइटेडको ४२ अंक छ ।
यि दुई टोली हालसम्म २८ पटक आमने सामने हुदा सिटीले हावी देखिएको छ । सिटीले १३ खेलमा जित हात पार्दा युनाइटेडले १२ खेल आफ्नो पक्षमा पारेको छ । ३ खेल बराबरीमा सकिएको छ । डर्बी भिडन्तमा दुवै टिमको लक्ष्य जित निकाल्नु हुनेछ । त्यसैले खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।
अर्को खेलमा चेल्सीले घरेलु मैदानमा एभर्टनको सामना गर्नेछ । खेल ७ः४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा चेल्सी एभर्टनलाई हराएर तेस्रो स्थानको लेष्टर सिटीसँगको अंक दुरी कम गर्ने लक्ष्यमा हुनेछ ।
चेल्सी लिगको चौंथो स्थानमा रहेको छ । चेल्सीले २८ खेलमा ४५ अंक जोडेको छ । एभर्टन पनि चेल्सीलाई हराएर शीर्ष १० मा उक्लन चाहन्छ । ३७ अंक जोडेर एभर्टन १२औं स्थानमा रहेको छ । आजै राति १ः४५ बजे लेस्टर सिटी र एस्टन भिल्लाबीच प्रतिस्पर्धा हुनेछ ।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]