5 years ago
March 8, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनले कठिन जित निकाल्दा टोटेनहम हस्टपर बराबरीमा रोकिएको छ । आर्सनले वेस्टह्याममाथि १–० को झिनो जित निकाल्दा टोटेनहमले बर्नलीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
इमिरेट्स स्टेडियममा आर्सनलको जितमा एलेकसान्द्रे लाकाजेट्टीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै आर्सनल २८ खेलबाट ४० अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । वेस्टह्याम २७ अंकसहित १६औं स्थानमा छ ।
खेलभर नै बल पोजेसनमा पकड जमाउदै पाहुना टोलीलाई दवावमा राखेपनि आर्सनलले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।
खेलको तेस्रो मिनेटमा नै घरेलु टोली गोल खानबाट बचेको थियो । जारोर्ड बोवेनको प्रहारलाई ग्रानिट जाहाँले गोललाईनबाट क्लियर गर्दै गोल टारेका थिए । १४औं मिनेटमा मेसुट ओजिलको प्रहारलाई वेस्टह्यामका डिफेन्डर एंगेलो ओग्वोग्नाले ब्लक गरिदिए ।
२२औं मिनेटमा ड्यानियल सेवालसको क्रसमा सोक्राटिसले जेरेमी एनगाकियालाई बटि गर्दै दिएको पासमा औवामियाङको हेडर बारमा लागेर फर्कदा आर्सनल अग्रता लिनबाट चुक्यो । ५३औं मिनेटमा इडवार्ड एनकेइटाको प्रहारलाई वेस्टह्यामका गोलरक्षक फाविनास्कीले बचाए । ५८औं मिनेटमा आर्सनलका गोलरक्षक बर्न लेनोले मिचेल एन्टेनियोको प्रहारलाई बचाए ।
७८औं मिनेटमा लाकाजेट्टीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले मेसुट ओजिलको पासमा अफसाइट बिट ट्याप गर्दै गरेको भली प्रहार वेस्टह्यामका गोलरक्षक लुकास फाविनास्कीले रोक्ने कुनै मौका पाएन । ८३औं मिनेटमा बोवेनले सुन्दर अवसर खेर फाल्दा वेस्टह्याम बराबरीबाट चुक्यो ।
अर्काे खेलमा टोटेनहमले एक गोलले पछि परेको स्थिति उल्ट्याएर खेललाई बराबरीमा ल्याउन सफल भयो । १३औं मिनेटमा क्रिस वुडको गोलबाट बर्नलीले खेलमा अग्रता बनाएको थियो । ५०औं मिनेटमा डेल अलीले पेनाल्टीमा बराबरी गोल फर्काए । बराबरीपछि टोटेनहम ४१ अंब जोडेर आठौं स्थानमा रहँदा ३९ अंक जोड्दै बर्नली १०औं स्थानमा छ ।
अन्य नजिता
क्रिस्टल प्यालेसविरुद्ध वाट्फोर्ड (१–०)
सेफिल्डविरुद्ध नर्विच (१–०)
साउथह्याम्पटनविरुद्ध न्यु क्यासल (०–१)
वल्भ्सविरुद्ध ब्राइटज (०–०)
March 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा चैतको पहिलो साता काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डिसीसी कप’ हुने भएको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा चैत २ देखि ९ गतेसम्म प्रतियोगितामा काठमाडौं जिल्लाका ११ वटा पालिकाको सहभागिता रहने बुधवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जनाएका छन्। पहिलो पटक हुन लागेको […]
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]