default_image

5 years ago

March 8, 2020

मेस्सीको गोलसँगै बार्सिलोना शीर्षस्थानमा

127 views

0 Bookmark

एजेन्सी – कप्तान लियोनेल मेस्सीको निर्णायक गोलमा क्याटलान क्लब बार्सिलोना रियल सोसिडाडलाई पराजित गर्दै स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिन सफल भएको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० ले पराजित गर्दै रियल म्याड्रिडलाई पछि पार्दै ला लिगामा शीर्षस्थानमा उक्लन सफल भएको हो । जितसँगै बार्सिलोनाले कम्तीमा पनि एक दिनलाई शीर्षस्थानमा २ अंकले पूनरागमन गरेको हो ।

बार्सिलोनाको २७ खेलबाट ५८ अंक रहेको छ । एक खेल कम खेलेको रियलको ५६ अंक छ । रियलले आज राति रियल बेटिससँग खेल्दैछ । यो खेलमा रियलले सफलता हात पारे रियल पुनः शीर्षस्थानमा उक्लने छ । पराजित या बराबरीको अवस्थामा बार्सिलोना नै शीर्षस्थानमा रहनेछ ।

घरेलु मैदान नोउक्याम्पमा पाहुना टोलीलाई दवावमा राखेपनि बार्सिलोनाले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । खेल सकिन ९ मिनेट बाँकी रहँदा कप्तान लियोनेल मेस्सीले पेनाल्टीमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो ।

खेलको १४औं मिनेटमा कप्तान लियोनेल मेस्सीको प्रहारलाई रियल सोसिडाडका गोलरक्षक एलेक्स रोमिरोले विफल पारेका थिए । २८औं मिनेटमा मिकेल मेरिनोले मौका खेर फाल्दा सोसिडाड अग्रता लिनबाट चुकेको थियो । त्यसपछि बार्सिलोनाले लगातार दुई आक्रमण बुनेपनि गोल गर्न सकेन । ३०औं मिनेटमा मेस्सीको प्रहारलाई रोमिरोले बचाए। ३२औं मिनेटमा इभान राकिटिकको कर्नरमा मार्टिन ब्रेथवेटको प्रहार बारमा लाग्दै बाहिरियो ।

५८औ मिनेटमा सोसिडाडका एन्डर बारेनेटको प्रहार बारमा लागेर बाहिरिदा सोसिडाडले खेलमा अग्रता लिने अवसर गुमायो । त्यसपछि मेस्सीले बार्सिलोनाले लगातार तीन मौका पाएपनि सदुपयोग गर्न सकेन । ६४औं मिनेटमा मेस्सीको प्रहारलाई रोमिरोले बचाए । ६६औं मिनेटमा मेस्सीको क्रसमा जेराड पिकेको हेडर तथा ६७औं मिनेटमा मेस्सी र राकिटिकले समन्वय गर्दै अवसर सिर्जना गरेपनि गोल गर्न सकेन ।

७४औं मिनेटमा मिकेल ओयरजवालले अवसर खेर फाले ७५औं मिनेटमा मार्टिन ओडेगार्डको पासमा एलेक्ससान्डर इसाकको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले मुस्किलले बचाउदा पाहुना टोली अग्रता लिनबाट चुक्यो ।

लगतार अवसर बनाएपनि चुकिरहेको बार्सिलोनाले ८१औं मिनेटमा पेनाल्टीमा गाल गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाए । ७९औं मिनेटमा रोविन लि नोर्मान्डले आर्टुरो भिडालको प्रहारलाई ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा बार्सिलोनालाई पेनाल्टी दिएको थियो । त्यही विवादास्पद पेनाल्टीलाई कप्तान मेस्सीले सदुपयोग गरे ।

इन्ज्युरी समयमा मेस्सीको पासमा जोर्डी अल्वाले गोल गरेपनि उनी भिएआरमा अफसाइड ठहरिए ।

अन्य नतिजा

इवरविरुद्ध मर्लाेका (१–)

एट्लेटिको मड्रिडविरुद्ध सेभिया (२–२)

गेटाफेविरुद्ध सेल्टा डि भिगो (०–०)

March 13, 2025

काठमाडौं डिसीसी कप हुने

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा चैतको पहिलो साता काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डिसीसी कप’ हुने भएको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा चैत २ देखि ९ गतेसम्म प्रतियोगितामा काठमाडौं जिल्लाका ११ वटा पालिकाको सहभागिता रहने बुधवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जनाएका छन्। पहिलो पटक हुन लागेको […]

March 12, 2025

थ्री स्टार  विराट गोल्डकप च्याम्पियन

विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं  रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको‌ यो पहिलो उपाधि हो । टोलीले २४ औं आहा!रारा पोखरा […]

March 12, 2025

फ्रान्सेली मिडफिल्डर काठमाडौं रेजर्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]

Success

Thank you for your time.