5 years ago
March 7, 2020
एजेन्सी – स्पेनिस ला लिगामा भ्यालेन्सिया डिर्पाेटिभो अलाभेससँग बराबरीमा रोकिएको छ । भ्यालेन्सियाले शुरुवाती अग्रता जोगाउन नसक्दा १–१ गोलको बराबरीमा रोकिदै अंक बाँडेको हो ।
बराबरीसँगै भ्यालेन्सियाले पाँचौ स्थानको एट्लेटिको मड्रिडसँगको अंक बराबरी गर्ने मौका गुमाएको छ । भ्यालेन्सियाको २७ खेलबाट ४२ अंक रहेको छ । एक खेल कम खेलेको एट्लेटिकोको ४४ अंक छ । ३२ अंक जोडेको अलाभेस ११औं स्थानमा छ ।
अलाभेसको मैदानमा शुक्रबार राति भएको खेलमा भ्यालेन्सियाले खेलको ३४औं मिनेटमा ड्यानियल पारेजोले गोल गर्दै अग्रता दिलाएका थिए ।
७३औं मिनेटमा इडगर मेन्डिजले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलमा भ्यालेन्सियाले घरेलु टोलीलाई दवावमा राखेपनि अलाभेसको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा घरेलु टोलीले पेनाल्टीको अपिल गरेपनि भिएआरको मान्यता नपाउदा घरेलु टोलीले पेनाल्टी नपाउदा सम्भावित जितबाट वञ्चित बन्यो ।
ला लिगामा स्पेनिस महारथी रियल म्याड्रिड ५६ अंक जोडेर शीर्षस्थानमा रहँदा क्याटलान क्लब बार्सिलोना ५५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। सरस्वतीले आज बाँसबारी क्लबलाई २-१ ले हरायो। यो सँगै सरस्वतीले ३ अंक जोडेको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३३ औं मिनेटमा सविन लुंगेली मगरले गोल गरेपछि यो सरस्वतीले पहिलो हाफमा १-० कि अग्रता बनायो। ५१ औं मिनेटमा धिरेन्द्र बहादुर शाहले […]