5 years ago
March 7, 2020
एजेन्सी – विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरसको सन्त्रासका कारण फ्रान्समा पहिलोपटक फुटबलका खेल स्थगित भएको छ ।
शनिबार रातिको लागि तय भएको लिग लिडर पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्ट्रार्सवर्गबीचको खेल स्थगित भएको फ्रेन्च लिग प्रोफेसनल (एलएफपी) ले जनाएको छ । विश्वमा पछिल्लोपटक कोरोना त्रासकै कारण खेलहरु धमाधम स्थगति गरिन थालेको छ ।
खेल स्टार्सवर्गको मैदानमा हुने तालिका थियो ।‘ हामीलाई खेल स्थगित गर्न भनिएको छ । किनकि २५ प्रतिशत प्रशंसहरु हौत रिनबाट आएका छन् । जहाँ क्लस्टर छ ।’ एलएफपीका महानिर्देशकक डिडियर क्विल्टले भने, ‘सम्भवत फ्रान्समा फुटबलको खेल स्थगित भएको हो यो पहिलो पटक हो । अवस्था सामान्य भएपछि नयाँ मिति तोकिनेछ ।’
फ्रान्समा अप्रिल ५ मा पेरिस म्याराथन, अक्टोवर १८ मा आयोजना हुने भनिएको साइक्लिङका खेलहरुपनि अनिश्चित कालका लागि स्थगित भइसकेका छन् । फ्रान्समा कोरोना भाइरसबाट स्ट्रासवर्गको अल्सेस क्षेत्र सबैभन्दा बढी प्रभावित क्षेत्र हो । जहाँ ६१३ मा संक्रमण भेटिदा ९ जनाको मृत्यु भइसकेको छ ।
लिग वानमा पीएसजी ६८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । स्टार्सवर्ग ३८ अंक जोडेर १०औ स्थानमा छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]
March 12, 2025
हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]