10 years ago
August 8, 2015
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले सहारा एकेडेमीको दिगो व्याबस्थापनको लागि सहयोग गर्ने बताएका छन ।
शनिबार पोखरा १७ दोविल्लामा रहेको सहारा एकेडेमीको अवलोकन गरी एकेडेमीमा रहेका वालहरुसंग भेटघाट समेत गरी निजि क्षेत्रबाट खेलकुदको लागि उक्त एकेडेमि स्थापना भएको प्रशंसा गर्दै दिगो रुपमा संचालनको लागि सहयोग गर्ने वचन दिएका हुन ।
क्लवका अध्यक्ष विरभद्र आचार्यले क्लवको बारेमा जानकारी गराउदै दाताबाट संकलन भएको करीब दुई करोडको लागतमा उक्त एकेडेमी संचालन गरेको जानकारी गराउनुभयो । उहााले यसलाई दिगो रुपमा संचालन गर्न राखेपबाट सहयोगको अपेक्षा गरेको वताए । प्रतिउत्तरमा सदस्य सचिव विष्टले आफ्नो क्षेत्रबाट एकेडेमीको लागि ढिलो चााडो सहयोग गर्ने बताएका हुन । उनले भने “मैले सहारा क्लवले पोखरामा राम्रो गरेको छ भन्ने सुनेको थिए तर आज प्रत्यक्ष देखे सााच्चै मलाई धेरै खुसि लागेको छ, निजि क्षेत्रबाट भएको यो प्रयाय: जति प्रंससा गरे पनि पुग्दैन, यसको दिगो रुपमा संचालनको लागि मेरो तर्फबाट के कस्तो सहयोग जुटाउन सक्छु म त्यसमा सकरात्मक छु । ”
सहारा क्लवका अध्यक्ष विरभद्र आचार्य, निवर्तमान अध्यक्ष विक्रम थकाली सहितको टोलीले सहारा एकेडेमीमा पुगेका राखेप सदस्य सचिव विष्ट सहित क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ सहितको टोलीलाई खादा तथा माला लगाई स्वागत गरेका थिए । लवका हाल १५ जिल्लाका २६ जना वालकहरु रहेका छन । थप ४ जना वालकहरु भूकम्पबाट प्रभावितहरुलाई एकेडेमीमा राख्ने क्लवले योजना बनाएको छ ।
March 26, 2025
एजेन्सी – अर्जेन्टिना फिफा विश्वकप २०२६ को लागि छनोट भएको छ। दक्षिण अमेरिकी छनोट अन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि ब्राजिलसँग खेल्नुअघि नै साविक विजेता अर्जेन्टिनाको विश्व कप यात्रा पक्का भएको हो । छनोट निश्चित भइसकेपछिको बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४-१ ले हरायो । घरेलु मैदानमा अर्जेन्टिना एकतर्फी जित दिलाउन जुलियन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]