default_image

5 years ago

March 6, 2020

एसियाका विश्वकप छनोटको खेल स्थगित !

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले फिफा विश्वकप छनोट २०२२ र एएफसी एसियन कप छनोट २०२३ का खेलहरु तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

 

बिहीबार फिफाको मुख्यालयमा बसेको फिफा र एएफसीको संयुक्त बैठकले विश्वव्यापी रुपमा फैलिरहेको (कोभिड–१९) कोरोना भाइरसका कारण तत्कालका लागि तय भएका खेलहरु स्थगित गर्ने निर्णय गरेको हो । बैठकले फिफामा आवद्ध रहेका सबै व्यक्तिहरुको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएको छ ।

फिफा र एएफसीले आफ्ना विशेषज्ञहरुसँग आवश्यक परामर्श गरेर विश्वकप छनोट, एसियन कप छनोट, महिला ओलम्पिक छनोट लगायतका विभिन्न खेलकुद गतिविधिहरुबारे सम्बन्धितलाई जानकारी गराउने समेत बताएको छ ।

फिफाले विश्व स्वास्थ्य संगठनसँग सहकार्य गरेर कोरोना भाइरसको प्रभावबारे आवश्यक निरीक्षणलाई निरन्तरता दिने पनि बताएको छ ।

फिफा विश्वकप छनोट तथा एएफसी एसियन कप छनोटको छैटौ र सातौ चरणमा नेपालले घरेलु मैदानमा चाइनिज ताइपेसँग चैत १३ र अष्ट्रेलियासँग चैत १८ गते खेल्ने तय थियो । विश्व कप छनोटका ८ मध्ये ५ खेल देश बाहिर खेलेको नेपालले बाँकी ३ खेल दशरथ रंगशालामा खेल्ने तयारीमा छ ।

विश्वकप छनोटका ५ खेलमा नेपालले १ मात्र खेलमा चाइनिज ताइपेलाई पराजित गरेको थियो । बाँकी ४ खेल नेपालले गुमाएको थियो । समूहमा १२ अंकसहित अष्ट्रेलिया शीर्षस्थानमा, कुवेत १० अंकसहित दोस्रो, जोर्डन १० अंकसहित तेस्रो, नेपाल ३ अंकसहित चौथो र अंक विहिन चाइनिज ताइपे पुछारमा छ ।

March 12, 2025

एसियन कप छनोट प्रशिक्षण- दोस्रो चरणमा २७ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको‌ तयारीमा जुटिरहेको छ। टोलीको‌ दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई‌ समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]

March 12, 2025

आयोजक काँकरभिट्टा मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]

March 12, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको फाइनलमा

दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]

Success

Thank you for your time.