default_image

9 years ago

July 23, 2016

अष्ट्रेलियन क्लबमा नेपाली स्टार जगजितको जादु

88 views

0 Bookmark

काठमाडौं – नेपालका स्टार फुटबलर जगजित श्रेष्ठको अष्ट्रेलियामा व्यवसायिक फुटबलमा सुरु गरेको नयाँ यात्रा कहाँ सम्म पुग्छ अहिले अनुमान गुर्न हतार हुनेछ । यद्दपी उनले दुई खेलमा भने निकै राम्रो संकेत देखाएका छन् । अहिले स्टेटको दोस्रो डिभिजनको क्लबबाट ४ महिनाका लागि मौका पाएका जगजितले आफ्नो दोस्रो खेलमा पनि प्रभावजारी भने राखेका छन् ।

खेलका दौरान जगजित श्रेष्ठ ।

खेलका दौरान जगजित श्रेष्ठ ।

आफ्नो पहिलो खेलमा ३–२ ले जितेको खेलमा दुई गोल गरेका जगजितले शनिबार पनि १ गोल गरेका थिए । उनले गोल गरेको खेलमा शनिबार ह्युम युनाइटेडले फिट्जयरोयलाई ३–२ ले हराएको थियो । ह्युमले २–० ले पछि परेरपनि खेल उल्टाएको थियो । फिट्जरोयले दोस्रो हाफको १२ मिनेट भित्र दुई गोल गर्दै खेलमा बलियो पकड बनाएको थियो ।

खेलका दौरान जगजित श्रेष्ठ ।

खेलका दौरान जगजित श्रेष्ठ ।

ह्युमका लागि तारकानले पहिलो गोल फर्काए भने जगजितले झन्डै ३५ यार्ड टाढाबाट फ्रिकिकमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । कप्तान लियोन बिलालले खेल सकिन एक मिनेट बाँकी रहँदा गोल गरेपछि ह्युम लगातार दोस्रो खेल जितेको थियो । लागतार दोस्रो जितपछि ह्युम भिक्टोरियाको दोस्रो डिभिजन लिगको छैटौं स्थानमा उक्लेको छ । लिगमा १२ टोली रहेका छन् ।

गोल गरेपछि जगजित श्रेष्ठ ।

गोल गरेपछि जगजित श्रेष्ठ ।

झन्डै दुई महिना अघि अस्ट्रेलिया पुगेका जगजित मासिक १ हजार ५ सयमा ४ महिनाका लागि ह्युममा आबद्ध भएका थिए ।
जगजितले आफ्नो लक्ष्य त्यहाँको माथिल्लो डिभिजनबाट खेल्ने रहेको जनाएका छन् । तर, त्यो सहज नभएको उनी आफै स्वीकार छन् । ‘’यो त मेरो खेल जीवनको नयाँ यात्रा मात्र हो,’ उनले हाम्रो खेलकुदसँग भने, ‘ मेरो लक्ष्य माथि सम्म पुग्ने भएपनि त्यो अहिले नै पुरा हुन सम्भव छैन । आशा गरौं भविष्यमा राम्रो गर्दै जान सके पनि मेरो सपना पनि पुरा होला ।’

गोल गरेपछि जगजित श्रेष्ठ ।

गोल गरेपछि जगजित श्रेष्ठ ।

March 13, 2025

नाटकीय पेनाल्टीमा‌ जित निकाल्दै रियल क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

Success

Thank you for your time.