5 years ago
March 5, 2020
पोखरा (हाम्रो खेलकुद) – आयोजक सहारा क्लबले पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलमा हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । ए डिभिजन क्लब ब्रिगेड ब्वाइज क्लब (बिबिसी)लाई ३-२ ले पराजित गर्दै सहारा प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
पोखरा रंगशालामा बिहीबार निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको खेलमा सहाराले अन्तिम समयमा जित निकालेको हो । १० खेलाडिमा सिमित सहाराका लागि खेल सकिन २ मिनेट बाँकी रहँदा त्रिदेव गुरुङले विजयी गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफ भने निकै रोमाञ्चक बन्न पुग्यो । खेलको २६ औं मिनेटमा जीवन रायमाझीले रातो कार्ड पाएपछि सहारा १० खेलाडीमा सिमित भएको थियो ।
खेलाडी कम भएपनि सहाराले बिग्रेडलाइ निकै दबाबमा राख्यो । बिग्रेडले दोस्रो हाफमा आक्रमक खेल खेल्दै दुई पटक अग्रता लिए पनि जोगाउन भने सकेन । खेलको ५८ औ मिनेटमा कजिम ए बुसरीको पासमा राजेश परियारलगोल गर्दै अग्रता लिएपनी अग्रता केहि मिनेटको लागी मात्र सिमित रह्यो । सहाराको लागी खेलको ६२ औं मिनेटमा उलरीच सिवेले हेडरमार्फत उत्कृष्ट गोल गरे ।
६३ औं मिनेटमा बिग्रेडका लागि विजय गुरुङले गोल गर्दै टिमलाइ २-१ अग्रता दिलाए । डिफेन्समा निकै कमजोर देखिएको बिग्रेडको लागी निर्धारित समय भने गतिलो हुन सकेन । सहाराका लागी खेलको ७९ औ मिनेटमा त्रीदेव गुरुङले उत्कृष्ट गोल गर्दै पुन: बराबरीमा ल्याए । उनैले खेलको १०० औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित दिलाए । अभिषेक रानामगरले दिएको पासमा त्रीदेवले गोल गरेका थिए । उनले वान भर्सेस वानको अवस्थामा बिग्रेडका गोलरक्षक विशाल सुनारला फ्लिक गर्दै जाली चुमाए ।
यसअघि खेलको ६७ औं मिनेटमा बिग्रेडका पदम भट्टराईको प्रहार पोस्टमा लाग्दा ब्रिगेडले अग्रता दोब्बर पार्नबाट चुकेको थियो । उक्त प्रहारको रिवाउण्ड भएको बललाइ कप्तान अनिल गुरुङले प्रहार गर्दा गोलरक्षक अर्पणले बचाउ गरे । खेलमा दुई गोल गरेका त्रिदेव म्यान अफ दि म्याच घोषित भए ।
सहाराले अब २४ फागुनमा हुने क्वाटरफाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । प्रतियोगितामा शुक्रबार नेपाल एपीएफ क्लब र झापा-११ फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]