5 years ago
March 3, 2020
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले ब्राजिली युवा स्टार यान कोउटोलाई अनुबन्ध गर्न सफल भएको छ । सिटीले ब्राजिलका यु–१७ विश्वकप विजेता युवा राइट ब्याक यान कोउटोलाई ब्राजिली सिरी ‘बी’ टोली कोरिटिवाबाट ५ वर्षको लागि अनुबन्ध गर्न सफल भएको हो ।
सिटीले प्रिमियर लिग क्लब आर्सनल र स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर लिभरकुसेनलाई पछि पार्दै यानलाई अनुबन्ध गर्न सफल भएको हो । यससँगै उनी २०२४ सम्म सिटीमा रहनेछ । यान आगमी जुनमा सिटीमा आउनेछ । युरोपमा अन्य देशबाट खेलाडी अनुबन्ध गरेपनि १८ वर्ष पुरा भएपछि मात्रै सरुवा हुन पाउने प्रावधान छ । उनी आगमी जुनमा १८ वर्ष पुरा हुनेछ ।
यानकै उच्च प्रदर्शनमा ब्राजिले २०१९ मा घरेलु भुमिमा आयोजना भएको यु–१७ विश्वकप फुटबलको उपाधि जित्न सफल भएको थियो । ब्राजिलले मेक्सिकोलाई २–१ ले पराजित गर्दै उपाधि जितेको थियो । उनले ब्राजिलको यु–१७ टोलीबाट २०१८/१९ मा १३ खेल खेलेका छन् ।
यानलाई ब्राजिलका लेजेन्ट राइट ब्याक ड्यानी आल्भेससँग तुलना गरिन थालिएको छ । उनलाई ‘दि न्यु ड्यानी आल्भेस’ भन्न थालिएको छ । आल्भेसले स्पेनिस क्लब बार्सिलोनालाई विभिन्न उपाधि जित्दाका महत्वपुर्ण सदस्य रहेका थिए ।
त्यतिबेला पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको आल्भेसले उच्च प्रदर्शन गर्दा हाल म्यानचेस्टर सिटीमा पेप ग्वार्डिओला नै प्रशिक्षक रहेका कारण उनको प्रदर्शनमा निखारता आउने अनुमान गरिएको छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]