5 years ago
March 3, 2020
एजेन्सी – प्रिमियर लिग क्लब आर्सनल एफए कपको क्वाटरफाइन्लमा प्रवेश गर्न सफल भएको छ । सोमबार राति भएको खेलमा आर्सनलले लिग वान क्लब पोस्र्टसमाउथलाई २–० ले पराजित गर्दै अन्तिमा आठमा पुग्न सफल भएको हो ।
फ्राटन पार्कमा सोमबार राति भएको खेलमा आर्सनलको जितमा सोक्राटिस पापस्थाथोपोउलस र इडवार्ड एनकेइटाले गोल गरे । घरेलु टोलीलाई खेल भर नै दवावमा राखेको आर्सनलले गोलको लागि पहिलो हाफको इन्ज्युरी समय नै कुर्नुपरेको थियो । आठौं मिनेटमा इलिस ह्यारीसनले गोलको अवसर खेर फाले ।
२४औं मिनेटमा बुकायो साकाको प्रहारलाई पोस्र्टसमाउथका गोलरक्षक एलेक्स वासले बचाए । ३०औं मिनेटमा रेइस नेल्सनको प्रहार बाहिरिदा आसर्नल अग्रता लिनबाट चुक्यो । ४५औं मिनेटमा सोक्राटिसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । ५१औं मिनेटमा इडवार्डले गोल गर्दै आर्सनलको जित पक्का गरे । त्यसपछि पनि आर्सनलले केही अवसर खेर फाल्दा थप गोलअन्तरमा जित सफल भएन ।
एफए कपको प्रि–क्वाटरफाइनलमा आज राति ३ खेल हुदैछ । प्रिमियर लिग क्लब चेल्सी र लिभरपुलबीचको खेल नेपाली समय अनुसार १ः३० बजे प्रतिस्पर्धा हुदैछ । रिडिङ र सेफिल्ड युनाइटेड तथा वेस्ट ब्रोम तथा न्यु क्यासलबीच प्रतिस्पर्धा हुनेछ । खेलहरु नेपाली समयअनुसार राति १ः४५ बजे प्रतिस्पर्धा हुदैछ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]