5 years ago
March 2, 2020
एजेन्सी – उपाधि होडमा रहिरहन स्पेनिस महारथी रियल म्याड्रिडलाई घरेलु मैदान सान्टियागो बर्नबेउमा क्याटलान क्लब बार्सिलोनाविरुद्ध जितको विकल्प थिएन ।
हारले बार्सिलोनासँग ५ अंकले तथा बराबरीले पनि रियल २ अंकले पछि पर्ने थियो । त्यसैले रियलले घरेलु मैदानमा सम्हालिएर खेल्दै जित निकाल्नुपर्ने दवाव थियो । अन्त्यमा प्रदर्शन सन्तोषजनक मात्र भएपनि नतिजा भने रियलले सोचे जस्तै सफल आयो ।
‘एल क्लासिको’ मा रियलले बार्सिलोनालाई २–० ले पराजित गर्दै उपाधि होडमा उभिदै बार्सिलोनालाई पछि पार्दै शीर्षस्थानमा उक्लन समेत सफल भयो । बार्सिलोनाविरुद्धको जितमा ब्राजिली युवा फरवार्ड भिनिसियस जुनियर र मारियानो डियाजले गोल गरे ।
प्रतिस्पर्धात्मक खेलको ७१औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाए । भिनिसियसले गोल गरेलगत्तै रियलका पोर्चुगिज पुर्व खेलाडी क्रिस्टियानो रोनाल्डोले खुसीयाली मनाएका थिए ।
रोनाल्डो ‘एल क्लासिको’ खेल हेर्नकै लागि इटालीबाट म्याड्रिड पुगेका थिए । समर्थकबाट नचिन्नका लागि रोनाल्डो टाइ र सुट लगाएर भ्यानमा साान्टियागो बर्नबेउ मैदानमा प्रवेश गरेका थिए । दोस्रो हाफमा भिनिसियसले गोल गरेलगत्तै रोनाल्डोको शैलीमा गोल सेलिब्रेसन गर्दा भिआएपी बक्समा रहेका रोनाल्डोले उठेर ताली बजाउँदै खुसीयाली मनाएका थिए ।
समर्थक र टीभी क्यामराले उनी बसिरहेको देखे । गोलको खुसी मनाउँदा रोनाल्डोमा अझैपनि रियल उनको मस्तिस्कमा रहेको झल्काएको छ । रोनाल्डो र रियलको लागि आइतबार साँझ अझै राम्रो भयो । मैदान छिरेको एक मिनेटभित्र मारियानो डियाजले गोल गर्दै मड्रिडको जित पक्का गरेका थिए । उनी पुरा समय खेल हेर्दै मैदानबाट बाहिरिएका थिए । खेलपछि उनले रियलको जर्सीमा हस्ताक्षर गरेका थिए ।
रोेनाल्डो २०१८ पछि पहिलोपटक सान्टियागो बर्नाबेउ पुगेका हुन् । रोनाल्डो २०१८ को समरमा ९९ मिलियन पाउन्डमा इटालियन जाइन्ट युभेन्टसमा पुगेका थिए । रोनाल्डोले क्लब छाडेपछि रियलले उनी जस्तै गोलमेसिनलाई क्लबमा अनुबन्ध गर्न सकेको छैन । रोनाल्डोले रियलबाट ४३८ खेलमा ४५० गोल गरेका छन् । उनी रियलको सर्वाधिक गोलकर्ता समेत हुन् ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]