5 years ago
March 2, 2020
एजेन्सी – गोलको वर्षा भएको खेलमा डुभान जापाटाले ह्याट्रिक पुरा गरेपछि इटालियन सिरी ‘ए’ मा एटलान्टाले सानदार जित निकालेको छ । एटलान्टाले ९ गोल भएको खेलमा घरेलु टोली लिसमाथि ७–२ को फराकिलो जित निकालेको हो ।
लिसमा एटलान्टाको फराकिलो जितमा जापाटाको ह्याट्रिकसँगै जोसिप लिलसिस, लुइस मुरेल र रुस्लान मालिनोभ्स्कीले गोल गरे । एक गोल उपहार पाएको थियो । घरेलु टोलीका रिकार्डाे सापोनोरा र जिउलियो डोनाटीले गोल गरे ।
खेलको १७औं मिनेटमा जिउलियो डोनाटीको आत्मघाती गोलबाट एटलान्टाले खेलमा अग्रता बनाएको थियो । २२औं मिनेटमा डुभान जापाटाले गोल गर्दै एटलान्टाको अग्रता दोब्बर पारे । २९औं मिनेटमा रिकार्डाेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिए । ४०औं मिनेटमा जिउलियो डोनाटीले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
पहिलो हाफमा एटलान्टालाई बराबरीमा रोक्न सफल लिसले दोस्रो हाफमा रोक्न सकेन । ४७औं मिनेटमा जोसिपले गोल गर्दै एटलान्टालाई खेलमा ३–२ को अग्रता दिलाए । ५४औं मिनेटमा डुभान जापाटाले व्यक्तिगत दोस्रो गोल गर्द एटलान्टाले खेलमा ४–२ को अग्रता बनाउन सफल भयो । ६२औं मिनेटमा जापाटाले ह्याट्रिक पुरा गरे ।
८७औं मिनेटमा लुइस मुरेलले गोल गर्दै एटलान्टालाई फराकिलो जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रस्लानले गोल गर्दै एटलान्टालाई ७–२ को सानदार जित दिलाए । जितसँगै एटलान्टा २५ खेलबाट ४८ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । पराजितर लिस २६ अंक जोडेर १६औं स्थानमा छ ।
सिरी ‘ए’ को अर्काे खेलमा रोमाले काग्लिएरीमाथि ४–३ को जित निकालेको छ । रोमाको जितमा निकोला कालिनिकले दुई तथा जस्टिन क्लुभर्ट र हेनरिक मिखटारियनले गोल गरे । काग्लिएरीका जोओ पेड्रोले दुई तथा गास्टन पेरेरोले गोल गरे । पेड्रोले एक पेनाल्टी चुकाएको थियो ।
जितसँगै रोमा ४५ अंक जोडेर पाँचौ स्थानमा रहँदा काग्लिएरी ३२ अंक जोडेर ११औं स्थानमा रहेको छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]