default_image

5 years ago

March 2, 2020

सेभियाको संघषपुर्ण जित

88 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा सेभियाले संघर्षपुर्ण जित निकालेको छ । घरेलु मैदानमा सेभियाले १० खेलाडीमा समेटिएको ओसासुनालाई ३–२ ले पराजित गरेको हो । 

घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेभियाको जितमा युसेफ इन न्यास्रीले दुई तथा लुकास ओकम्पासले गोल गरे । ओसासुनाका एरिडेन हर्नान्डेज र रोवर्टाे टोरेसले गोल गरे ।

१३औं मिनेटमा ओलिभर टोरेसको पासमा युसेफले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ओलिभर टोरेसकै पासमा लुकास ओकम्पासले गोल गर्दै सेभियाको अग्रता दोब्बर पारे ।

५४औं मिनेटमा पाहुना टोली १० खेलाडीमा समेटियो । सर्जियो हेरेराले अनावश्यक ह्यान्ड गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएपछि ओसासुना १० खेलाडीमा समेटियो । १० खेलाडीमा समेटिएपनि ओसासुनाले लगातार दुई गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

६४औं मिनेटमा रोवर्टाे टोरेसको पासमा एरिडेनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ७४औं मिनेटमा रोवर्टाे टोरेसले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । सेभियाका सर्जियो इस्कुडेरोले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि ओसाुसुनाले पेनाल्टीको मौका पाएको थियाृे । जसलाई टोरेसले सदुपयोग गरे ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा युसेफ इन न्यास्रीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सेभियालाई ३–२ को सघंर्षपुर्ण जित दिलाए ।

जितसँगै सेभिया २६ खेलबाट ४६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । सेभियाले गेटाफेलाई १ अंकले पछि पारेको हो । ओसासुना ३१ अंक जोडेर १२औं स्थानमा छ ।

अन्य नतिजा

ग्रानडाविरुद्ध सेल्टा डि भिगो (०–०)

एथ्लेटिको बिल्वाओविरुद्ध भिल्ला रियल (–०)

इस्पान्योलविरुद्ध एट्लेटिको मड्रिड (१–१)

मलोर्काविरुद्ध गेटाफे (०–)

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.