default_image

5 years ago

March 2, 2020

म्यानचेस्टर सिटी कारवाओ कप च्याम्पियन

108 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीले लगातार तेस्रोपटक इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको उपाधि रक्षा गरेको छ । आइतबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी एस्टन भिल्लालाई २–१ ले पराजित गर्दाै सिटीले लगातार तेस्रो पटक कारवाओ कपको उपाधि जितेको हो । 

सिटी यसअघिको दुई संस्करणमा पनि च्याम्पियन बनेको थियो । सिटी २०१७ को सिजन देखि लगातार च्याम्पियन बनिरहेको छ । समग्रमा सिटीको यो सातौ कारवाओ कप उपाधि हो ।

वेम्वली स्टेडियममा सिटीको जितमा सर्जियो अगुइरो र रोड्रीले गोल गरे । एस्टन भिल्लाका एमविवाना समताले गोल गरेपनि हार टार्न सकेन । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको २०औं मिनेटमा अगुइरोको गोलबाट सिटीले खेलमा अग्रता लिएको थियो । उनले फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए ।
३०औं मिनेटमा इकेए गुन्डोगानको पासमा रोड्रीले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

४१औं मिनेटमा एमविवानाले गोल गर्दै एस्टन भिल्लालाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, दोस्रो हाफमा दुवै टोलीबाट गोल निस्कन नसक्दा पहिलो हाफमा लिएको अग्रता नै सिटीलाई च्याम्पियन बन्न पर्याप्त बन्यो ।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.