default_image

9 years ago

July 20, 2016

पल्सर स्पोर्टस अवार्डको तयारी पुरा

114 views

0 Bookmark

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ को सबै तयारी पुरा भएको छ ।
NSJF Award Logo copy
महाभूकम्प र अघोषित नाकाबन्दीको कारण २०७१ सालको संस्करण भने आयोजना संभव भएन । वैशाख, २०७२ मा गएको महाभुकम्पमा करिब नौ हजार नेपालीस“गै नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय शाखाका अध्यक्ष सुमन भोम्जनले पनि ज्यान गुमाउनु भएको थियो । 
खेलाडी र खेलकर्मीका लागि पल्सर स्पोर्ट्स अवार्ड नेपाली खेल क्षेत्रकै सबभन्दा प्रतिष्ठित् सम्मानको रुपमा स्थापित छ । राजनीतिक खिचातानीको कारण नेपाली समाजविकासको गतिमा बामे सरिरहेको यसबेला अन्तर्राष्ट्रिय जगतमा देशको झण्डा फहराउने खेलाडी, खेलकर्मीहरुले पर्याप्त सेवा सुविधा पाउन सकेका छैनन् । तैपनि उनीहरुले पदक जित्दै देशको ख्याति फैलाउने निरन्तर प्रयास गरिरहेका छन् । प्रयास गर्नु पनि ठूलो हो र यसमा सफल हुने खेलाडी, खेलकर्मीहरुले पाउने सम्मान नै पल्सर स्पोर्ट्स अवार्ड हो ।
‘पल्सर स्पोर्ट्स अवार्डको मनोनयनमा पर्नु भनेकै विजेता हुनु हो र अवार्ड नै पाउनु भनेको बोनस हो,’ राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासले भन्नुभएको यस वाक्यबाटै नेपाली खेलकुदमा पल्सर स्पोर्ट्स अवार्डको महत्व छर्लंग पार्छ । पहिलोपल्ट २०५३ सालमा आयोजना गरिएको यस अवार्ड २०६० सालदेखि निरन्तर हुदै आएको छ । भलै महाभुकम्प र नाकाबन्दीले २०७१ सालको संस्करण संभव भएन । विगतजस्तै १३ औं संस्करणमा पनि आठ विधा समावेश गरिएको छ ।
बर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक र पिपुल्स च्वाइस विधामा ५—५ जनाको मनोनयन यसअघि नै सार्वजनिक गरिसकेका छौं । पारा एथलिट अवार्ड, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड भने सामारोहकै दिन बिहीबार प्रदान गरिनेछ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा पिपुल्स च्वाइस, बर्षका उत्कृष्ट पुरुष र महिला खेलाडीको विजेताहरुले पल्सर मोटरसाइकल पाउनेछन् । बर्षका उत्कृष्ट युवा खेलाडी, प्रशिक्ष्ँक, पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्डको विजेतालाई ५०–५० हजार रुपैया“ दिइनेछ । अवार्ड विजेताहरुले डिस होमको सेटअप बक्स र १ बर्षको निशुल्क सुविधा तथा न्यू होराइजन कार्पेट पनि प्राप्त गर्नेछन् । मनोनयनमा परेका सबै खेलाडी÷प्रशिक्षकले टाइमेक्स घडी र आरजे स्पोर्ट्सको उपहार पाउनेछन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । रुस्लान फुटबल, डिस होम, सूर्य नेपाल, आइएसएमइ, होटल रोयल सिंगी सह प्रयोजक छन् । एभिन्यूज टेलिभिजन, टिएचटी लाइभ ३३१३१, जोन प्लेयर, टाइमेक्स, इमेजिङ, नेपा म्युजिक, अल इन वान आर्ट्स सर्भिस, आरजे स्पोर्ट्स, होटल क्राउन प्लाजा, न्यू होराइजन कार्पेट, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि सहयोगीका रुपमा रहेका छन् ।
पल्सर स्पोर्ट्स अवार्ड २०७२
पा“च विधाको मनोनयन
बर्षका उत्कृष्ट पुरुष खेलाडी
नवयुग श्रेष्ठ, फुटबल
विकास थापा, भारोत्तोलन
राजेश चौधरी, उसु
वीरबहादुर महरा, तेक्वान्दो
विकेश कुथु, फुटबल
बर्षका उत्कृष्ट महिला खेलाडी
फुपू ल्हामु खत्री, जुडो
नीमा घर्तीमगर, उसु
गौरिका सिंह, पौडी
रोजा केसी, ट्रायथलन
रेजिना कार्की, तेक्वान्दो
बर्षका उत्कृष्ट युवा खेलाडी
नीमा घर्तीमगर, उसु
गौरिका सिंह, पौडी
सन्दीप लामिछाने, क्रिकेट
मनीता श्रेष्ठ प्रधान, जुडो
अन्जन विष्ट, फुटबल
बर्षका उत्कृष्ट प्रशिक्ष्ँक
बालगोपाल महर्जन, फुटबल
प्रकाश महर्जन, उसु
दलबहादुर गुरुङ, जुडो
राजुकाजी शाक्य, फुटबल
जगत टमाटा, क्रिकेट
पिपुल्स च्वाइस
नवयुग श्रेष्ठ, फुटबल
नविता श्रेष्ठ, टेबलटेनिस
प्रतीभा माली, भलिबल
सन्दीप लामिछाने, क्रिकेट
तारादेवी पुन, भारोत्तोलन

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.