5 years ago
March 2, 2020
एजेन्सी – स्पेनिस ला लिगाको ‘एल क्लासिको’ मा रियल म्याड्रिडले क्याटलान क्लब बार्सिलोनालाई पराजित गरेको छ । सान्टियागो बर्नबेउमा भएको खेलमा रियलले बार्सिलोनालाई २–० ले पराजित गरेको हो ।
निकै नै महत्वपुर्ण मानिएको खेलमा बार्सिलोनालाई हराउँदै रियलले शीर्षस्थानमा १ अंकको अग्रतासहित पूनरागमन गरेको छ । जितसँगै रियललको २६ खेलबाट ५७ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल भएको हो । पराजित बार्सिलोनाको समान खेलबाटै ५६ अंक रहेको छ ।
बर्नाबेउमा निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा रियलको जितमा युवा ब्राजिली फरवार्ड भिनिसियस जुनियर र मारियानो डियाजले गोल गरे ।
खेलको १६औं मिनेटमा रियलका करिम बेन्जेमाले गोलको सुन्दर अवसर खेर फालेका थिए । २१औं मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गर्ने सुन्दर मौका चुकाउदा बार्सिलोनाले खेलमा अग्रता लिने अवसर गुमाएको थियो ।
३४औं मिनेटमा ब्राजिली आर्थरको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले उत्कृष्ट बचाउ गर्दै बार्सिलोनाको अग्रता टारे । ३९औं मिनेटमा कोर्टुवाले पुनः उत्कृष्ट बचाउ गर्दा बार्सिलोनाले पहिलो हाफमा अग्रता लिनबाट चुक्यो ।
पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको खेल पस्किएको रियलले बार्सिलोनामाथि लगातार आक्रमण बुन्दै एक गोल गर्न सफल भएको थियो । ५६औं मिनेटमा इस्कोको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले उत्कृष्ट बचाउ गर्दा रियल अग्रता लिनबाट चुक्यो । कर्नरमा आएको बललाई इस्कोले २५ यार्डबाट गरेको प्रहारलाई टेर स्टेगनले उत्कृष्ट पञ्च गर्दै सम्भावित गोल बचाए ।
६२औं मिनेटमा रियल पुनः अग्रता लिनबाट चुक्यो । इस्कोकै हेडरमा गोलरक्षक बिट भएपनि डिफेन्डर जेरार्ड पिकले गोललाइनबाट बचाए । लगातार दुई आक्रमण विफल भएको रियलले ७१औं मिनेटमा अग्रता लिन सफल भयो ।
टोनी क्रुसको पासमा भिनिसियस जुनियरले उत्कृष्ट फिनिस गर्दै रियललाई अग्रता दिलाए । जुनियरको प्रहार जेरार्ड पिकेलाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो ।
इन्ज्युरी समयमा सब्सिच्युट मारियानो डियाजले मैदान छिरेको पहिलो मिनेटमा गोल गर्दै रियललाई २–० को जित दिलाए । दोस्रो हाफमा बार्सिलोनाले गतिलो आक्रमण बुन्न सकेन । डियाज इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा करिम बेन्जेमाको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले पहिलो मुभमै ड्यानियल कार्भाहलको पासमा गोल गर्न सफल भए ।
यि दुई टोलीले गत डिसेम्वरमा नोउ क्याम्पमा भएको खेलमा गोलरहित बराबरी खेलेका थिए ।जितसँगै रियलले एल क्लासिकोमा बार्सिलोनालाई १०० पटक हराउन सफल भएको छ । हालसम्म यि दुई टोली २७७ पटक आमने सामने भएका छन् । बार्सिलोनाले ११५ पटक जित निकाल्दा ६२ खेल बराबरीमा सकिएको छ ।
यस्तै ला लिगामा रियलले धैरे क्लासिको जित्न सफल भएको छ । ला लिगामा मात्रै यि दुई टोली १८० पटक प्रतिस्पर्धा गर्दा रियलले ७३ खेलमा जित निकाल्न सफल भएको छ । ७२ पटक बार्सिलोना विजयी हुदा ३५ खेल बराबरीमा सकिएको छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]