5 years ago
March 1, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड हारबाट जोगिदा टोटेनहम हस्टपरले पराजय भोगेको छ । म्यानचेस्टर युनाइटेड एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिदा टोटेनहमले वल्भ्ससँग ३–२ को हार बेहोरेको हो ।
गुडिसन पार्क लिभरपुलमा आइतबार राति भएको खेलमा एभर्टनका डोमिनिक कलभर्ट लेविनले गोल गर्दा युनाइटेडका ब्रुनो फर्नान्डेजले बराबरी गोल फर्काए ।
खेलको तेस्रो मिनेटमा नै युनाइटेडका गोलरक्षक डेभिड हे गेयाको गम्भीर गल्तीमा घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो । ह्यारी मिगुएरको ब्याक पासलाई गोलरक्षक गेयाले लामो प्रहार गर्न ढिला गर्दा कलभर्टले ब्लक गर्दै नियन्त्रणमा लिदै खाली पोस्टमा गोल गरेका थिए ।
३१औं मिनेटमा ब्रुनो फर्नान्डेजले बराबरी गोल फर्काए । नेमान्जा माटिकको क्रस पासमा गोल गर्न सफल भएका थिए । घरेलु टोलीविरुद्ध बल पोजेसन राखेपनि युनाइटेडले गोल गर्न अवसर बनाउन सकेको थिएन ।
९०औं मिनेटमा ब्रुनो फर्नान्डेजको प्रहारलाई एभर्टन तथा इंग्ल्यान्डका पहिलो रोजाईका गोलरक्षक जोर्डन पिकफोर्डले बचाउदै सम्भावित हार टारेका थिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा कलभर्टले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा जितबाट वञ्चित बन्यो । उनी अफसाइड ठहरिए ।
बराबरीसँगै म्यानचेस्टर युनाइटेड २८ खेलबाट ४२ अंक जोडेर पाँचौ स्थानमा यथावत छ । एभर्टन ३७ अंक जोडेर ११औं स्थानमा रहेको छ ।
प्रिमियर लिगकै अर्काे खेलमा घरेलु मैदानमै टोटेनहम वल्भ्ससँग ३–२ ले पराजित भएको छ । टोटेनहमले खेलमा दुईपटक अग्रता लिएर पनि पराजित हुन पुगेको हो । टोटेनहमका स्टेभेन वर्गविजिन र सर्जी औरिएरले गोल गरे । वल्भ्सका माट दोहर्थी, डिएगो जोटा र राहुल जिमिनेजले गोल गरे ।
१३औं मिनेटमा स्टेभेनको गोलबाट टोटेनहमले खेलमा अग्रता बनाएको थियो । २७औं मिनेटमा माट दोहर्थीले बराबरी गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयमा सर्जी औरिएरले गोल गरेपछि टोटेनहमले खेलमा २–१ को अग्रता बनायो ।
५७औं मिनेटमा डिएगो जोटाले बराबरी गोल फर्काए । ७३औं मिनेटमा राहुल जिमिनेजले गोल गर्दै टोटेनहमलाई उसकै मैदानमा ३–२ को हार चखाए । जितसँगै वल्भ्स २८ खेलबाट ४२ अंक जोडेर छैटौ स्थानमा उक्लादा ४० अंक जोडेको टोटेनहम सातौ स्थानमा झरेको छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]