default_image

5 years ago

February 28, 2020

रियलले सिटीसँग हार्नुका ५ कारण

121 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सबैभन्दा सफल क्लब हो । रियलले सर्वाधिक १३ पटक उपाधि जित्दै यसलाई प्रमाणित गरिसकेको छ ।

रियलले २०१६, २०१७ र २०१८ मा लगातार च्याम्पियन बन्दै उपाधिसमेत रक्षा गरिसकेको छ । यही च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब रियलको गत सिजनदेखिको प्रदर्शन सन्तोषजनक हुन सकेको छैन । रियल गत सिजन डच क्लब आयाक्ससँग ५–३ ले पराजित हुदै प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको थियो । गत सिजन प्रि–क्वाटरफाइनलबाट बाहिरिएको रियल यो सिजन पनि प्रि–क्वाटरफाइनलबाटै बाहिरिने संघारमा छ ।

रियल प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग २–१ ले पराजित भएको छ । दोस्रो लेग सिटीको मैदानमा १७ मार्चमा हुदैछ । रियललाई अघिल्लो चरणमा पुग्न सिटीको मैदानमा कम्तीमा पनि २–० को जित आवश्यक छ । घरेलु मैदानमा भोगेको हार रियलको लागि महँगो सावित हुन सक्दछ ।

च्याम्पियन्स लिगको यति सफल क्लब रियल सिटीसँग कसरी पराजित हुन पुग्यो । डेली मेलले रियलले सिटीसँग हार्नुको ५ कारण खोतलेका छन् । त्यसलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

१. जिदान ग्वार्डिओला होइनन्

जिनेदिन जिदान एक प्रतिभाशाली प्रशिक्षक हुन् पनि र होइनन् पनि । यो पछिल्लो नतिजा अनुसार जिदानबारे धेरै पण्डितले दिएको राय हो । टिप्पणीकारका अनुसार गुआर्डीओलाले बुधबार राती जिदानलाई आफ्नो रणनीतिले नै परास्त गरे ।

म्याड्रिडका इस्को र भिनिसियस जुनियरको उत्कृष्ट समन्वयमा दोस्रो हाफमा गोल निस्कदा त्यो पुरा हुने आँकलन गरिएको थियो । रियलले अग्रता लिएपछि दुवै टोलीले एक–एक खेलाडी परिवर्तन गरे ।

७३औं मिनेटमा सिटीले बर्नाडो सिल्भाको स्थानमा रहिम स्ट्रलिङलाई छिराए । त्यसको दुई मिनेटपछि जिदानले गोलमा असिस्ट दिएका भिनिसियस जुनियरलाई निकाल्दै ग्यारेथ बेललाई मैदान छिराए । त्यसमा ग्वार्डिओला हुदा जिदान फेलर सावित भए ।

लगातार दवावमा देखिएको ड्यानी कार्भाहलको सहयोगीको रुपमा जिदानले टोनी क्रुसलाई छिराने हिम्मत गरेनन् । टोनी क्रुसलाई किन प्रयोग गरिएन ? पेप ग्वाडिओलाको ब्राजिली ग्याब्रियल जेससले रियलको डिफेन्सलाई चुनौती दिदै गोल गर्न सफल हुदा जिदान मुकदर्शक बने ।

२. अझैपनि प्रिमियर लिगकै दवाव छ

बुधबार राति एक टोली ला लिगाको गतिमा खेलिरहेको थियो । अर्काे टोली प्रिमियर गतिमा खेलिरहेको थियो । स्पेनिस संचारमाध्यम मार्काका कोलुमिस्ट जोश लुइस हुर्टाडोले ‘यो टोली प्रिमियर लिगमा लिभरपुलसँग २२ अंकले कसरी पछि पर्‍यो ?; भनी आश्चर्य मान्दै प्रतिप्रश्न गरेका छन् ।

ला लिगामा दोस्रो र इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको टोलीबीचको प्रतिस्पर्धाले इंग्लिस प्रिमियर लिगले स्पेनिसलाई लिगलाई कसरी पछि पारिरहेको छ भन्ने पुष्टि गरेको छ ।

३. क्रुसको अभाव

एट्याकिङ मिडफिल्डर टोनी क्रुसलाई सिटीविरुद्धको खेलमा किन खेलाइएन ? के उनी इन्जर थिए ? यो रहस्यमय बन्यो । उनले वार्मअप समेत गरेनन् । पछि थाहा भयो, उनी घाइते थिएनन् । फिट नै थिए । खेलपछि उनले फिजिकल्ली केही गाह्रो नभएको बताएका थिए ।

पोस्ट म्याचमा ग्वार्डिओलासँगको कुराकानीका क्रममा उनी रोकिदै मुस्कुराए । उनले केही समय अघिको अन्तरवार्तामा टोनी क्रुस रियलको हतियार हुने बताएका थिए । तर, सिटीविरुद्धको खेलमा उनले मौका नै पाएनन् ।

सिटीसँगको हारपछि रियललाई के स्पष्ट भयो भने रियललाई क्रुस आवश्यक छ । क्रुसले बल राख्छन् । उनले सेट पिसमा राम्रो मुभहरु निकाल्न सक्छन् । यदि उनी आइतबार राति बार्सिलोनाविरुद्धको खेलमा पुनः वेञ्चमा रहे जिदानसँगको मनमुटाव रहेको छताछुल्ल हुनेछ ।

४. कप्तान नायक कि खलनायक

रियलका कप्तान सर्जियो रामोसले एक साताअघि अब महत्वपुर्ण साता सुरु भएको बताएका थिए । यहाँ तपाईहरुले देख्नु भएको छ । हार्मी पछिल्लो साता महत्वपुर्ण क्षणमा छौं । कतिपय खेलहरुमा रामोस नायक बन्दै रियललाई जिताएको खेलहरु थुप्रै छन् ।

बुधबार राति उनकै खराव प्रदर्शनमा रियल घरेलु मैदानमा सिटीसँग २–१ ले स्तब्ध बन्न पुग्यो । उनी खेलको ८६औं मिनेटमा रातो कार्ड खादै मैदानबाट बाहिरिए । बल अघि बढाइरहेका ग्याब्रियल जेससलाई रामोसले पछाडिबाट फउल गर्न पुगेका थिए ।

उनले सम्रगमा २६औं पटक रातो कार्ड खाएका छन् । उनी बाहिरिए लगत्तै रियलको प्रदर्शन झनै फितलो बन्यो । दोस्रो लेगमा रयिल रामोसविना नै मैदानमा उत्रनेछ । अझ भनौं रियल दोस्रो लेगमा नेतृत्वविहिन बन्दै मैदानमा हुनेछ ।

५. बेललाई किन बचाउने?

यो उनको गल्ती थिएन । जिदानले बेललाई एक गोल गरेलगत्तै मैदानमा पठाए । बेल मैदान छिरेको १० मिनेट भित्र नै रियल खेलमा २–१ ले पछि परिसकेको थियो । जिदानले बेल मैदान भित्र रहँदा विपक्षीलाई खतरा हुने आँकलन गरेका थिए । तर लयमा देखिएका भिनिसियसलाई निकाल्नु उचित कदम पक्कै थिएन ।

बेलमा अझैपनि विपक्षीलाई आतकिंत पार्ने क्षमता छ । तर, खेलमा त्यो हुन सकेन । यि दुई (जिदान र बेल) बीचको सम्बन्ध राम्रो छैन । तर, सँगै काम गर्नुपर्नेछ । करिम बेन्जेमाको फर्म शुन्य हुदा बेलले माथि जानु आवश्यक नै थियो । तर, त्यसका लागि जिदानले बेललाई विश्वास गर्छ भनेर विश्वास गर्न आवश्यक छ ।

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.