5 years ago
February 28, 2020
एजेन्सी – इटालियन सिरी ए का शीर्ष दुई टोली युभेन्टस र इन्टर मिलानबीचको खेल आइतबार हुँदैछ । तर उक्त बहुप्रतिक्षित खेलमा दुवै तर्फका दर्शकले मैदानमा गएर खेल हेर्न नपाउने भएका छन् ।
इटालीमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि सिरी ए ले यस साता हुने पाँच खेलमा दर्शकलाई प्रवेश नदिई खेल संचालन गर्ने भएको हो । इटालीको उत्तरी भेगमा कोरोना देखिएपछि उच्च सतर्कता अपनाइएको छ । मिलान क्षेत्रमा कोरोनाको त्रास बढेपछि एसी मिलान र जेनोआको खेलमा पनि दर्शक हुने छैनन् ।
यस्तै उडीनेजे र फिओरेन्टिना, पार्मा विरुद्ध एसपीएएल तथा सासुओलो विरुद्ध ब्रेसियाको खेल पनि खालि रंगशालामा खेलाइनेछ । गत साता कोरोनाकै कारण केहि खेल स्थगित गरिएकोमा अब खेल स्थगित गर्नुभन्दा समर्थकबिना खेल गराउनु उचित कदम रहेको लिगले जनाएको छ ।
इटालियन लिगमा इन्टर मिलन शीर्षस्थानमा रहेको युभेन्टसभन्दा ६ अंकले पछाडी छ । पछिल्लो केहि साता अनुकुल नतिजा नआउँदा इन्टर समस्यामा परेको हो । यदपि गत साताको खेल स्थगित भएकाले इन्टरले एक खेल कम खेलेको छ । यस खेलमा जित दर्ता गरेमा युभेन्टस ९ अंकले अगाडी बढ्नेछ र लिग उपाधि रक्षामा बलियो स्थानमा रहनेछ ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]