5 years ago
February 28, 2020
एजेन्सी – इटालियन क्लब इन्टर मिलानले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको यात्रा तय गर्दा अघिल्लो सिजन युइएफए च्याम्पियन्स लिगमा सनसनीपुर्ण प्रदर्शन गर्दै सेमिफाइनलको यात्रा तय गरेको डच क्लब आयाक्स युरोपा लिगको राउन्ड अफ ३२ बाटै बाहिरिएको छ ।
बिहीबार राति भएको खेलमा इन्टरले घरेलु मैदानमा बुल्गेरियाको लुडोगोरेट्स राजग्राडलाई २–१ ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गर्न सफल भएको हो । इन्टरले समग्रमा ४–१ को जित निकालेको हो । पहिलो लेगमा इन्टरले २–० को जित निकालेको थियो ।
इन्टरको जितमा क्रिस्टियानो विरागी र रोमेलु लुकाकुले गोल गरे । पाहुना टोलीका काउले ओलिभिएरा सोउजाले गोल गरे । सबै ३ गोल पहिलो हाफमा नै सम्भव भएको थियो । खेलको २६औं मिनेटमा कउले सौउजाले गोल गर्दै लुडोगोरेट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, लुडोगोरेट्सको त्यो अग्रता लामो समय टिकेन ।
३२औं मिनेटमा क्रिस्टियानोले बराबरी गोल फर्काए । पहिलो हाफको अन्तिम समयमा रोमेलु लुकाकुले गोल गर्दै इन्टरलाई खेलमा २–१ को अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीले गोलको केही अवसर खेल फाल्दा थप गोल निस्कन नसक्दा इन्टर २–१ को जितसहित समग्रमा ४–१ को जित निकाल्दै अन्तिम १६ मा पुग्न सफल भयो ।
अर्काे खेलमा अघिल्लो सिजन च्याम्पियन्स लिगमा सनसनीपुर्ण प्रदर्शन गरेका आयाक्सले दोस्रो लेगमा २–१ को जित निकालेपनि राउन्ड अफ ३२ बाट अघि बढ्न सकेन । आयाक्स गेटाफेसँग समग्रमा ३–२ ले पराजित हुदै राउन्ड अफ ३२ बाटै बाहिरिएको हो ।
आयाक्स पहिलो लेगमा २–० ले पराजित भएको थियो । त्यही हार नै आयाक्स अघि बढ्नको लागि बाधक बन्यो । आयाक्स १ वर्षको अन्तरमा निकै कमजोर देखिएको हो । यो सिजन केही स्टार खेलाडीहरुले क्लब छाडेको असर आयाक्समा देखिएको हो । आम्सटर्डममा आयाक्सको २–१ को जितमा डानिलोले गोल गर्दा एक गोल उपहार पाएको थियो । गेटाफेका जेमी माटाले गोल गरे ।
अन्य नतिजा
ब्रागापविरुद्ध रेन्जर्स (०–१) समग्रमा २–४ को जित
बसेलविरुद्ध एपोइल निकोसिया (१–०) समग्रमा ४–० को जित
इस्पान्योलविरुद्ध वल्भ्स (३–२) समग्रमा ३–६ को जित
पोर्टाेविरुद्ध लिभरकुसेन (१–३) समग्रमा २–५ को जित
जेन्टविरुद्ध रोमा (१–१) समग्रमा १–२ को जित
इस्तानुबुलविरुद्ध स्पोर्टिङ (४–१) समग्रमा ५–४ को जित
लास्कविरुद्ध अल्कामार (२–०) समग्रमा ३–१ को जित
माल्मोविरुद्ध वल्फवर्ग (०–३) समग्रमा १–५ को जित
सेल्टिकविरुद्ध एफसी कोपेनहेगन (१–३) समग्रमा २–४ को जित
सेभियाविरुद्ध सिएफआर क्लज (०–०) (१–१) अवे गोलमा विजयी
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]