default_image

5 years ago

February 28, 2020

आर्सनल नकआउट, साख्तर अघिल्लो चरणमा

83 views

0 Bookmark

एजेन्सी – अवे गोलमा पछि परेपछि इंग्लिस क्लब आर्सनल युइएफए युरोपा लिगको राउन्ड अफ ३२ बाटै बाहिरिएको छ । बिहीबार राति घरेलु मैदानमा ग्रीसको ओलम्पियाकोससँग २–१ ले पराजित भएसँगै आर्सनल राउन्ड अफ ३२ बाटै नकआउट हुन पुगेको हो । 

समग्रमा २–२ गोलको बराबरी भएपनि ओलम्पियाकोस अवे गोलको सहयोगमा अन्तिम १६ मा पुग्न सफल भएको हो । पहिलो लेगमा आर्सनलले १–० को अवे जित निकालेको थियो । दोस्रो लेगमा ओलम्पियाकोसले २–१ को जित निकाल्दा महत्वपुर्ण दुई खवे गोल गर्न सफल भएको थियो ।

इमिरेट्स स्टेडियममा बिहीबार राति प्रतिस्पर्धात्मक बनेको पहिलो हापमा गोलरहित बराबरीमा टुगिंएको थियो । ५३औं मिनेटमा पपु एबोउ सिसेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।

त्यसपछि दुवै टोलीले अवे गोल गरेका कारण खेल १–१ गोलको बराबरी हुदा अतिरिक्त समयमा धकेलिएको थियो । ११३औं मिनेटमा कप्तान पिएरे इम्रिक आवामियाङले गोल गर्दै आर्सनललाई २–१ को अवस्थमा ल्याएका थिए । इन्ज्युरी समयमा सम्हालिन नसक्दा आर्सनलले १२०औं मिनेटमा गोल खाएपछि आसर्ननलको राउन्ड अफ ३२ बाटै नकआउट हुन पुग्यो । ओलम्पियाकोसका युसेफ अल अरवीले महत्वपुर्ण अवे गोल गर्दै २–१ को जितसहित प्रि–क्वाटरफाइनलको यात्रामा उभ्याए ।

यस्तै युक्रेनी क्लब साख्तर डोनेस्कले पोर्चुगिज क्लब बेन्फिकालाई समग्रमा ५–४ ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ । दोस्र लेगको खेल ३–३ गोलको बराबरीमा टुंगिएपनि साख्तरले पहिलो लेगमा लिएको २–१ को अग्रता अघिल्लो चरणमा पुग्न पर्याप्त बन्यो ।

बेन्फिकाको मैदानमा दोस्रो लेगमा घरेलु टोलीका पिजी, रुवेन डियस र राफा सिल्भाले गोल गरे । साख्तरका टारस स्टेपानेन्को र एलन प्याट्रिकले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.