5 years ago
February 28, 2020
एजेन्सी – बेल्जियन क्लब ब्रगमाथि सानदार जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । बिहीबार राति राउन्ड अफ ३२ को दोस्रो लेगमा ५–० को सानदार जित निकाल्दै युनाइटेड अन्तिम १६ मा पुग्न सफल भएको हो ।
युनाइटेडले समग्रमा ६–१ को जित निकालेको हो । क्लब ब्रगको मैदानमा पहिलो लेग १–१ गोलको बराबरीमा टुंगिएको थियो । १० खेलाडीमा समेटिएको क्लब ब्रगमाथिको जितमा फ्रेडले दुई तथाम ब्रुनो फर्नान्डेज, ओडिन इघालो र स्कट म्याक टोमिनेले गोल गरे ।
ओल्ड ट्राफोर्डमा खेलको २३औं मिनेटमा नै क्लब ब्रग १० खेलाडीमा समेटिएको थियो । म्याक टोमिनेमाथि पेनालटी बक्समा गम्भीर ट्याकल गरेपछि सिमोन डेली सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिदा क्लब ब्रग १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा युनाइटेडले उठायो । त्यसमै प्राप्त पेनाल्टीमा ब्रुनोले २७औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए ।
३४ औं मिनेटमा ओडिन इघालाले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । ४१औं मिनेटमा म्याक टोनिले गोल गरेपछि युनाइटेडले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनयो । त्यसपछि फ्रेडले ८२औं र ९०औं मिनेटमा गोल गर्दै युनाइटेडलाई ५–० को सानदार जित दिलाए ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]